नेपाल ट्रेड युनियन काँग्रेस कोशी प्रदेशद्धारा न्यूनतम पारिश्रमिकको माग राख्दै कोशी प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापन पत्र

  • असार २६, २०८०
  • ३६६ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर : चिया वगानमा सहित सबै क्षेत्रका श्रमिकहरुलाई समान न्युनतम पारिश्रमिक २५ हजार उपलव्ध नगराइए आन्दोलन गर्ने चेतावनी सहित नेपाल ट्रेड युनियन काँग्रेस कोशी प्रदेशले कोशी प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापन पत्र वुझाएको छ ।

श्रम ऐन २०७४ अनुसार प्रत्येक दुई दुई वर्षमा त्रिपक्षिय सहमतिका आधारमा श्रमजीहरुको न्युनतम पारिश्रमिक निर्धारण गरी लागु गर्नु पर्ने भएपनि आगामी श्रावण देखि लागु हुने न्युनतम पारिश्रमिकका विषयमा टुंगो लागिन नसकेको अवस्थामा नेपाल ट्रेड युनियन काँग्रेस कोशी प्रदेशले आफनो माग सहित मुख्यमन्त्रीलाई चेतावनी सहितको ज्ञापन पत्र वुझाएको हो ।

ज्ञापन पत्र वुझाउन मुख्यमन्त्री कार्यालय ट्रेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष ज्योति कोइराला सहितको टोली पुगेका थिए । ट्रेड युनियन काँग्रेस कोशी प्रदेशले वुझाएको ज्ञापन पत्रमा श्रावण महिना देखि नयाँ न्युनतम पारिश्रमिक लागु गर्नु पर्ने भएपनि सरकार ,रोजगारदाता र टे«ड युनियन विच पटकपटक छलफल भएपनि सहमति हुन नसकेको उल्लेख गरिएको छ ।

ट्रेड युनियन काँग्रेस कोशी प्रदेशका अध्यक्ष नारायण बाबु कार्की र सचिव उमानाथ आर्चायले हस्ताक्षर गरेको ज्ञापन पत्रमा ट्रेड युनियन काँग्रेस श्रमजीविको पारिश्रमिक श्रमिकको जीवन यापनको निमित्त सहजता प्रदान गर्ने हुनु पर्दछ भन्ने कुरा उठाउदै आएको छ र यही अडानमा छ भनिएको छ । त्यसै गरी ज्ञापन पत्रमा ट्रेड युनियन काँग्रेसको यही अषाढ ४ देखि ६ गते केन्द्रीय समितिको काठमाडौंमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनमा व्यापक छलफल गरी कम्तीमा श्रमिकको पारिश्रमिक न्युनतम २५हजार हुनु पर्ने निर्णय गरेको समेत उल्लेख गरिएको छ ।

IMG-3317

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved