‘चरी’ को इन्काउन्टर गर्ने डीएसपीविरुद्ध पक्राउ पुर्जी जारी

  • मंसिर १९, २०७६
  • १७७ पटक पढिएको
  • न्यू पाटी
alt

नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टको उपाधि पाएका प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमोद ढुंगेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।रानीबारीमा भएको एक डकैती काण्डमा पक्राउ परेका एक अभियुक्त र डीएसपी ढुंगेलबीच लामो कुराकानी भएको पत्ता लागेपछि प्रहरी प्रधान कार्यालयले ढुंगेललाई निलम्वन गरेको थियो। 

गत चैत २६ गते रानीबारीमा भएको डकैती काण्डमा समातिएका विकास श्रेष्ठ र ढुंगेलबीच दर्जनौंपटक फोन संवाद भएको तथा केही शंकास्पद कुराकानीसमेत भएको प्रहरी प्रधान कार्यालयले फेला पारेपछि ढुंगेल निलम्वनमा परेका थिए।

उनीविरुद्ध डाँका मुद्दामा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ पुर्जी जारी गर्न जिल्ला अदालतलाई पटक–पटक ताकेता गरेको भए पनि ७ महिनापछि मात्रै पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पुर्जी जारी भएको सूचना पाएपछि ढुंगेल फरार छन्।

उनी नेपाल प्रहरीमा इन्काउन्टर स्पेसलिस्टका रूपमा लामो समयसम्म चर्चामा रहेका थिए। नेपालका चर्चित डन दिनेश अधिकारी (चरी) को इन्काउन्टर डीएसपी ढुंगेलले नै गराएका थिए। उनी अन्य डनलाई समेत पक्राउ गरेर चर्चामा आएका थिए। पूर्वडीआईजी रमेश खरेलको विश्वासपात्रका रूपमा रहेर काम गरेका ढुंगेलको पछिल्लो गतिविधि शंकास्पद रहँदै र संगठनका केही उच्च अधिकारीलाई धावा बोल्दै आएका एक प्रहरी स्रोतले बतायो। आजको समाचारपत्र दैनिकले छापेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved