सिरुवा जुरशितल पर्वको अवसरमा इटहरीमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न

  • बैशाख १७, २०८०
  • ३०२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सिरुवा जुरशितल पर्वको अवसरमा इटहरीमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

थारु कल्याणकारीणी सभा इटहरी नगर समितिको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सह-आयोजनामा शनिबार इटहरी स्थित लायन्स क्लबको भवनमा आयोजित कार्यक्रममा शुभकामना आदन प्रदान गरिएको हो ।

थारु कल्याणकारीणी सभा इटहरीका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थारु जातिहरूको महान पर्वको रुपमा मनाउने सिरुवा तथा जुरशितल पर्वको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको हो ।

बैशाख भरी थारुहरुले मनाउने सो पर्वले सामाजिक सद्भाव भाइचारा कायम गर्ने देखि लिएर संस्कृति संरक्षणमा समेत योगदान पुर्याएका कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा इटहरी उपमहानगरपालिका कि उपप्रमुख संगीता चौधरी, थारु कल्याणकारीणी सभाका केन्द्रीय उपाध्यक्ष भन्नुलाल चौधरी, केन्द्रीय सदस्य उर्मीला चौधरी, ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेज नारायण चौधरी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved