इटहरीका मेयर हेमकर्ण पौडेलले लिए ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा

  • बैशाख ९, २०८०
  • ४३५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाई उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको छ । यद्यपी, ठेकेदार कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको छ । उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमा सहितको लिखित प्रतिबद्दता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम दिएको छ ।

विराटनगर–धरान सडक खण्ड अन्तर्गतको अब निर्माण बाँकी हुन तरहरादेखि धरानको सेउतीसम्म बाँकी छ । हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनीले ठेक्का लिएको सडक निर्माण सुस्त हुँदा इटहरी उपमहागनरपालिको ध्यानाकर्षण गराउँदा पनि चाँसो नदिएपछि मेयर हेमकर्ण पौडेल नेतृत्वको टोलीले एउटा सवारी साधन नियन्त्रणमा लिएको हो । मेयर पौडेलका अनुसार छ लेन सडक विस्तार आयोजनाका प्रमुख र ठेकेदार कम्पनीलाई पटक पटक स्थानीय सरकारको तर्फबाट आग्रह गर्दा पनि अटेर गरेकाले गर्दा अब तीन दिन भित्र लिखित प्रतिबद्दता नआए थप प्रक्रिया अगाडि बढाइनेछ ।

संघीय सरकार माताहातको काम भइरहेको हो । तर, इटहरी उपमहानगरपालिका क्षेत्रको काममा स्थानीय सरकारले तर्फबाट हदैसम्म लचकता अप्नाएर सडक चाँडो सक्न आग्रह गर्दा पनि सुनुवाई नभएपछि अब ठेकेदार कम्पनीलाई लिखित प्रतिबद्दता जनाउन समय सीमा दिइएको छ,’ मेयर पौडेलले भने, ‘यदि तोकिएको समयमा पनि प्रतिबद्दता नआए प्रधानमन्त्री कार्यालय र भौतिक निर्माण मन्त्रालय पुगेर दबाब दिइनेछ ।

तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् पेसेफिक जेभीले ठेक्का पाएकोको ५.३ मिटर सडक सुस्त निर्माण हुँदा सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्ट्रक्सनले काम अन्तिम चरणमा पुर्याएको छ । जब कि दुईवटा सडक खण्ड एकैपटक ठेक्का लागेको थियो ।

पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । ‘अब थपिएको समयमा पनि यही गतिमा काम नहुने निश्चित छ,’ मेयर पौडेलले भने, ‘छ लेन सडक विस्तार आयोजनाका निर्देशक दानकुमार शाक्यको भूमिका समेत प्रभावकारी नभएकाले गर्दा सडक विस्तार सुस्त भएको हो ।’ मेयर पौडेलले छ लेन सडक विस्तारका आयोजना प्रमुख शाक्य ठेकेदार कम्पनीको कारिन्दा जस्तो भएकाले पनि समस्या भएको टिप्पणी गरे । ‘यदि काम प्रभावकारी ढंगले गर्न नसक्ने हो भने उहाँ (शाक्य) को सट्टा नयाँ आयोजना प्रमुख सरकारले सरुवा गर्नुपर्छ,’ उनले भने ।

कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार हुन बाँकी छ । बाँकी रहेको दुहवी बजारमा पनि नगरपालिकाले जग्गा ओगटेर बनाएका चालीस वटा घर भत्काएको छ । घर भत्काएसँगै छ लेन सडक विस्तार गर्न अब दुहवी बजार क्षेत्रमा पनि सहज भएको छ । इटहरीको चौरास्त चोकदेखि दक्षिण विराटनगर लाइनमा पनि सडक क्षेत्राधिकार भित्र पर्ने घर नहटाउँदा सडक विस्तार हुन समस्या भएकोमा एक महिनाअघि उपमहानगरपालिका कै अगुवाईमा घर भत्काइएको थियो ।

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो । पुरै सडक निर्माण गर्दा शुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved