ग्यास बिस्फोटबाट घाइते सांसद भण्डारीकी आमाको निधन,सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

  • फाल्गुन ४, २०७९
  • ३८४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ ।

बुधवार राति काठमाडौंको बुद्धनगर स्थित निवासमा ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाईते भएका थिए । दुबैजनालाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा ८६ वर्षीया हरिकला भण्डारीको आज बिहान १० बजेर ५७ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

Chandra-Bhandari

सांसद भण्डारीको भने उपचार जारी छ। सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ । उनलाई उपचारको लागि दिउसो १ बजे श्री एयरलाइन्सको एयर एम्बुलेन्सबाट मुम्बइस्थित नेशनल स्किन बर्न सेन्टरमा लैजाने तयारी गरिएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सदस्य मोतीलाल भण्डारीले जानकारी दिए। सरकारले सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजानका लागि तयारी गरेको जनाएको छ । ग्यास बिस्फोटका कारण सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उहाँकी आमा हरिकलाको ७० प्रतिशत शरीरको भाग जलेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved