ग्रामथान संरक्षणको माग

  • माघ १८, २०७९
  • ३२७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : थारु समुदायको सांस्कृतिक धरोहर ग्रामथान विभिन्न वहनामा अतिक्रमणमा पर्दै आएको भन्दै संरक्षणमा राज्यले ध्यान दिनु पर्ने माग गरिएको छ । ग्रामथान संरक्षण समिति सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न बहानामा ग्रामथान अतिक्रमणमा पर्दै आएकाले राज्य संरक्षणमा ध्यान दिनु पर्ने माग गरेको हो ।

सुनसरीको झुम्कामा पत्रकार आयोजित पत्रकार सम्मेलनमा पुर्वी नेपालको सुनसरीमा रहेका ग्रामथानहरु पनि अतिक्रमणमा पर्ने क्रम नरोकिएको भन्दै ग्रामथान संरक्षणमा राज्यले चासो दिनु पर्ने ग्रामथान संरक्षण समितिका अध्यक्ष तेजनारायण चौधरीले माग राखे । उनले सुनसरीमा चार सय देखि पाँच सयको संख्यामा ग्रामथान रहेपनि संरक्षणमा चुनौति रहेको भन्दै राज्यले संरक्षण नगर्ने हो भने संरक्षण गर्न नसकिने अवस्था भई सकेको समेत वताए ।

कतिपय स्थानमा विकासमा नाममा विद्यालय तथा अन्य संरचना वनाएर ग्रामथान अतिक्रमण गरिएको तथा कतिपय स्थानमा साँध जोडिएका जग्गाधनीहरुले अतिक्रमण गर्ने जस्ता कारणले ऐतिहासिकता बोकेका धरोहरहरु संरक्षणमा समस्या हुदै आएको समेत सो अवसरमा गुनासो गरियो । संवाद समुहको संयोजनमा गरिएको पत्रकार सम्मेलनमा ग्रामथान संरक्षण समितिले राज्यले ग्रामथान ,डिहवार थान , सो संग जोडिएको सास्कृतिक भुमिलाई पहिचान गरी सूचिकृत गर्नु पर्ने , ग्रामथान ऐन तथा नीति निर्माण गरी दिर्घकालिन संरक्षणको योजना ल्याउनु पर्ने , थारु भाषालाई संरक्षण गर्न आधारभुत तह सम्म विद्यालयमा थारु भाषाको पठनपाठनको व्यवस्था मिलाउनु पर्ने लगायतका सात सुत्रिय राज्यले संवोधन गर्नु पर्ने ७ सुत्रिय वुँदाहरु प्रस्तुत गरियो ।

ग्रामथान जन्म देखि मृत्यु सम्मका संस्कारका लागि जोडिने भएपनि राज्यले संरक्षणमा चासो नदिएको थारु समुदायको आरोप रहदै आएकोछ । बढ्दो सहरीकरणसंगै जग्गाको मुल्य समेत बढ्न थालेका कारण पनि ग्रामथान अतिक्रमणमा पर्न थालेको थारु समुदायका अगुवाइहरुको बुझाई रहेको छ । पत्रकार सम्मेलनमा ग्रामथान संरक्षण समितिका अध्यक्ष लगायतका थारु समुदायका अगुवाहरुले पत्रकारको प्रश्नको जवाफ दिएका थिए । सो पत्रकार सम्मेलनमा अग्रज पत्रकार तथा सामाजिक अभियन्ता गोपाल देवान , नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला , संवाद समुहका सुमन पुरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved