सुनसरीको क्षेत्र नम्बर ४ मा मत गणना कार्य सुचारु नगरिए आन्दोलन गर्ने : नेकपा एमालेका उमेदवार कुसियत

  • मंसिर १२, २०७९
  • ५३३ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : सुनसरीको क्षेत्र नम्बर ४ मा मत गणना कार्य सुचारु नगरिए आन्दोलन गर्ने स् नेकपा एमालेका उमेदवार कुसियत
सुनसरी प्रतिनिधिसभा तर्फ सुनसरीको क्षेत्र नम्बर ४मा मत गणना कार्यमा धाधली गरिएको भन्दै नेपाली काँग्रेसले पुन मत गणना गर्न माग राख्दै निवेदन दिएपछि स्थगीत रहेको मत गणना कार्य सुचारु नगरिए आन्दोलन गर्ने नेकपा एमालेका उमेदवार जगदिसप्रसाद कुसियतले वताएका छन । सुनसरी सदरमुकाम इनरुवामा पत्रकार सम्मेलन गर्दै एमालेका तर्फ उमेदवार रहेका कुसियत लगायतका नेताहरुले मत गणना कार्य सुचारु नगरिए आन्दोलन थाल्ने चेतावनी दिएका हुन ।

सुनसरी क्षेत्र नम्बर ४ अन्तरगत बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ को मत गणना गर्ने क्रममा ६सय ६ मत वढी एमालेको जोडिएको तथा त्यस भन्दा अघि पनि एक सय मत पत्र गन्न एमालेले पाएको भन्दा दुई मत वढी जोडिएको र काग्रेसका प्रतिनिधिले थाहा पाएपछि सच्याइएको भन्दै काग्रेसले धाधली भएको आशंका गरेर पुन मत गणनाको माग राख्दै आएको छ ।

यता मत गणना कार्य गत शनिवार देखि रोकिएको र पुन : सुचारु गराउने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले पहल गरेपनि सहमति नजुटेको र काग्रेस उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणनाको माग गर्दै निवेदन दिएपछि सो निवेदन निर्वाचन आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले पठाइसकेको छ । आयोगबाट कुनै निर्णय नआएका कारण मत गणना हुन नसकिरहेको समयमा एमालेले भने पत्रकार सम्मेलन गरि आन्दोलन थाल्ने चेतावनी दिएका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved