निर्वाचन केन्द्रित धनकुटामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • कार्तिक २१, २०७९
  • ३९७ पटक पढिएको
  • न्यू पाटी
alt

धनकुटा : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित सञ्चार माध्यम तथा पत्रकारहरुको भूमिका बिषयक धनकुटामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाको आयोजनामा सञ्चारकर्मीहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरण कार्यक्रममा सञ्चार माध्यमको भुमिका, आचार संहिता पालना मतदाता शिक्षा तथा तालिम, राष्ट्र तथा अन्तराष्ट्रिय संस्थाहरुले गर्ने निर्वाचन अनुगमन लगायतका विषयहरुमा छलफल तथा सञ्चारकर्मीहरुलाई जानकारी गराइएका जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिए ।

निर्वाचन प्रचारप्रसार अवधी, उम्मेदवारले गर्न पाउने कार्य, आचार संहिता उल्लघंन सम्बन्धि उजुरी लगायतका विषयवस्तुहरु समावेश गरिएका थिए । धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाह, प्रमुख सेनानी सुमन थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख लक्ष्मीराज अधिकारी, सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक वलामी, प्रमुख अनुसन्धान अधिकृत तुलसी कट्टेल, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नरेन्द्र राई लगायतका विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved