अदालतबाट न्याय पाउन चुनावी मैदानमा आएको नेपाली काँग्रेस नेता : गच्छदार

  • कार्तिक २१, २०७९
  • ३९७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  षडयन्त्रपुर्वक आफनो ५० वर्षे राजनिती समाप्त पार्न तत्कालिन एमालेको सरकारले आफुलाई झुटा मुद्धा लगाएकाले जनताको अदालतबाट न्याय पाउन चुनावी मैदानमा आएको नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले वताएका छन । सुनसरी क्षेत्र नम्बर ३बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार रहेका गच्छदारले इटहरी चुनाव प्रचारप्रसारका क्रममा आयोजित कोणसभालाई सम्वोधन गर्दै जनतासंग न्याय माग्न आफु चुनावी मैदानमा आएको वताएका हुन ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा वनाउने कार्यमा सहयोग गरेको आरोप लागेका गच्छारको मुद्धा विचाराधिन अवस्थामा रहेको छ । सातौं पटक निर्वाचन जित्ने लक्ष्य सहित चुनावी मैदानमा रहेका गच्छदारले पटकपटक चुनावी जितेर गर्याे भन्ने विपक्षीले आफुले वनाएको वाटो भएर मतदाताहरुसंग मत माग्न गएर जनतालाई भ्रममा पार्ने काम गरेको आरोप समेत लगाए । सुनसरीबाट ६ पटक सम्म निर्वाचित भएर उपप्रधान मन्त्री सहित विभिन्न मन्त्रालय समालि सकेका गच्छदारले आधुनिक सञ्चार क्षेत्रको विकासमा समेत आफनो योगदान महत्वपुर्ण रहेको दावी गरेका छन ।

गच्छदारसंग यस पटक पनि नेकपा एमालेकी भगवती चौधरी सहित अन्य उमेदवारहरु चुनावी मैदानमा रहेका छन । यस भन्दा अगाडीका दुई वटा निर्वाचनमा गच्छदारले भगवतीलाई हराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved