कोमाकीका इलेक्ट्रिक स्कुटर अब इटहरीमा पनि पाईने

  • आश्विन ७, २०७९
  • ९७१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : भारतीय इलेक्ट्रिक ब्रान्ड कोमाकीका इलेक्ट्रिक स्कुटरको विक्री पुर्वी नेपालको इटहरीबाट समेत सुरु गरिएको छ । जिसी मोटर्सले इटहरीको जुट विकासमा सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाले एक कार्यक्रमका विच उद्धघाटन गरेका हुन ।

नेपाली भौगोलिक अवस्थालाई सुहाउदो इलेक्ट्रिक स्कुटरहरु कोमाकीले ल्याएको सञ्चालक मध्येका गिरिस पोखरेलले जानकारी दिए । उनले हाल कोमाकीका तीन किसिमका स्कुटरहरु विक्रीमा ल्याएको र त्यसमा पनि कोमाकी भेनिस आफुले समेत रुचाएको वताए ।

1663984694322

चार घण्टा चार्ज गरे ८० देखि १८० किलोमिटर चलाउन सकिने स्कुटरहरुको मुल्य २ लाख ७० हजार देखि ४ लाख ५० हजार सम्म पर्ने समेत सो अवसरमा जानकारी गराइयो । पहाडी क्षेत्रमा समेत कोमाकी ब्राण्डका स्कुटरहरु सहज रुपमा चलाउन सकिने तथा वातावरण मैत्री , दैनिक पेट्रोल हालि रहनु नपर्ने , दुई वर्ष पेट्रोल हाल्ने पैसाले स्कुटर नै खरिद गर्न सकिने लगायतका फाइदाहरु रहेको सोरुम उद्धघाटन कार्यक्रममा वताइयो ।

जिसी मोटर्सले इटहरीमा भित्रयाएका इलेक्ट्रिक स्कुटरमा रिभर्स असिस्ट, क्रुज कन्ट्रोल, पार्किङ असिस्ट, सेल्फ डायग्नोसिस, रिपेयर स्विच, मोबाइल चार्जिङ प्वाइन्ट, ब्लुटुथ स्पिकर, एन्टी थेफ्ट लक, साइड स्ट्यान्ड सेन्सर, प्यासेन्जर फ्लोर बोर्ड आदि विशेषताहरु रहेको समेत जनाइयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved