ई-क्यानको शैक्षिक मेला बुधबार देखि सुरु हुँदै

  • भदौ २१, २०७९
  • ५३६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाल शैक्षिक परामर्श संघ पूर्वाञ्चल (ई–क्यान) ले बुधबार देखि शैक्षिक मेला गर्ने भएको छ ।

ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार बुधबार (भोलि) बिहान ८ बजे इटहरीको दुर्गा पार्टी प्यालेसमा शैक्षिक मेलाको उद्घाटन हुनेछ । विशेषगरी युवा विद्यार्थी वर्गलाई लक्षित गरी शैक्षिक मेला आयोजना गर्न लागिएको लकान्द्रीले बताए ।

‘शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीहरूलाई सिनेमा हलको निःशुल्क टिकट समेत वितरण गरिनेछ,’ उनले भने, ‘विद्यार्थीहरूलाई हामीले सहजीकरण गर्ने उदेश्यले यो मेलाको आयोजना गरिएको होे ।’

उनले सहभागी विद्यार्थीहरूलाई सिनेमा हलको निःशुल्क टिकट समेत दिइने बताए । उनका अनुसार कार्यक्रममा ई–क्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डे साथै विभिन्न शिक्षा क्षेत्रका व्यक्तिहरूको सहभागी हुनेछ ।

ई–क्यानले बुधबार २२ गते इटहरीको दुर्गा पार्टी प्यालेस, २३ गते बिहीबार धरानको सिद्वि नेवा परिषद्को भवन र २४ गते शुक्रबार विराटनगरको नमस्कार होटलमा शैक्षिक मेलाको आयोजना हुने ई–क्यान पूर्वाञ्चलका निवर्तमान अध्यक्ष रोशन निरौलाले बताए ।

उनका अनुसार ५ बजेसम्म सञ्चालन हुने मेलामा दैनिक एक हजार भन्दा बढी विद्यार्थीहरूले अवलोकन गरी परामर्श लिनेछन् ।

विभिन्न ठाउँका व्यवसायीहरूले राखेको स्टलमा विद्यार्थीहरूले परामर्श गर्ने तथा उनीहरूलाई दक्ष एवम् अनुभवी व्यक्तिहरूबाट परामर्श समेत दिइने बताइएको छ ।

तीनदिने मेलाको कुल लागत २५ देखि २६ लाख रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved