इटहरीमा तेक्वाण्दो रेफ्रिहरुको सेमिनार सुरु

  • भदौ १७, २०७९
  • ५७५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा तेक्वाण्दो रेफ्रिहरुको सेमिनार सुरु भएको छ ।

राष्ट्रिय तेक्वाण्दो संघ नेपालको आयोजनामा प्रदेश स्तरीय तेक्वाण्दो रेफ्रिहरुलाई पुर्नताजकीका लागि तीन दिने सेमिनार सुरु गरिएको हो ।

पुर्नताजकी सेमिनार उदघाटन सत्रमा सहभागी राष्ट्रिय तेक्वाण्दो संघ नेपालका सचिव तथा सेमिनारका प्रशिक्षक राकेश कुमार राईले विश्व तेक्वाण्दो संघले तय गरेको निमय अनुसार खेल खेलाउनु पर्ने र दुई वर्ष यता देखि पुनताजकी नगरिएका कारण सेमिनार आवश्यक रहेको वताए ।

नेपाललाई विश्वमा चिनाउन पदक भित्रयाएर तेक्वाण्दो खेलाडीहरुले महत्वपुर्ण योगदान गर्दै आएको भन्दै इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले खेलकुद क्षेत्रको विकासमा स्थानीय तहले पनि सहयोग गर्नु पर्नेमा जोड दिए । उनले इटहरी उपमहानगरपालिकाले पनि खेलकुदका गतिविधिहरुका लागि बजेट विनियोजन गर्दै आएको जानकारी गराए ।

20220902_101542

राष्ट्रिय तेक्वाण्दो संघ नेपाल सुनसरीका अध्यक्ष खेमराज कार्कीको अध्यक्षतामा सुरु भएको सेमिनारका विषयमा अध्यक्ष कार्कीले विश्व तेक्वाण्दो संघको नियमहरु परिवर्तन भएकाले गुरुहरु तथा रेफ्रिहरुलाई सोही अनुसार तयार पार्न सेमिनारको आयोजना गरिएको जानकारी दिए ।

हरिवहादुर वुढाथोकीको संयोजकत्वमा सुरु भएको सेमिनार आगामी आइतवार समापन हुने जनाइएको छ । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष उमेश सुवेदी , राप्रपाका इटहरी अध्यक्ष आकासहागं सुब्बा , व्याटमिन्टन संघ सुनसरीका सचिव सुरेश कार्की लगायतका अतिथीहरुको सेमिनार उदघाटन कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved