अभिभावकको स्वास्थ्य प्रति सजक बन्दै प्राइम भिजन कलेज

  • असार ३२, २०७९
  • ६२३ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : धरानको एक मात्र स्मार्ट कलेज प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा ११ को परिक्षाफल संगसंगै विद्यार्थी तथा अभिभाबकहरुको नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न गरेको छ ।  

धरानको मुनाल पथमा अवस्थित प्राइम भिजन कलेजले आफ्नै भवनमा आयोजना गरेको 'परिक्षाफल सार्वजनिक तथा नि:शुल्क स्वास्थ्य परिक्षण' कार्यक्रममा बुढासुब्बा डेन्टलका डेन्टल सर्जन, विजयपुर हस्पिटलका एमबिबिएस चिकित्सक तथा खान चस्मा सेन्टर एण्ड द्रिस्ति नेत्रालयका नेत्र चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

20220716_172357

आफ्ना सन्तानको स्वास्थ्य प्रति अभिभाबकको चिन्ता रहन्छ तर अभिभाबकले आफ्नै स्वास्थ्यको बारेमा ध्यान दिन नपाइरहेको हुनाले अभिभाबकहरु पनि स्वस्थ रहनुहोस् भन्ने हेतुले कलेजले यो कार्यक्रम आयोजना गरेको कलेजका निर्देशक अनिल श्रेष्ठले जानकारी दिए ।

साथै कक्षा १२ को शैक्षिक सत्र पनि चाँडै सुरु हुने हुनाले बिधार्थीको शारीरिक र मानसिक स्वास्थ्यको बारेमा जाँच गर्न यो कार्यक्रमले सहयोग पुर्याएको श्रेष्ठले बताए ।

अन्तर्राष्ट्रिय भनेर नाममा मात्र सिमित नभई कामले पनि देखाइरहेको प्राइम भिजन कलेजले बिगतका समयमा पनि बिधार्थीहरुको सामाजिक, शैक्षिक र व्यवहारिक बिकासको लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए ।  

शिक्षा लाई ब्यापार होइन सेवाको रुपमा बुझ्दै आएको र बिगत ५ वर्ष देखि बिधार्थी र अभिभाबक को मन जित्न सफल प्राइम भिजन कलेजले सिमित सिटमा भर्ना लिने गरेको र गुणस्तरिय बिधार्थी उत्पादन गर्ने गरेको कलेजका सी. इ. ओ अभिषेक श्रेष्ठले बताए ।      

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved