त्रिविमा लागेकाे ताला ५ महिनापछि खुल्यो

  • जेठ २९, २०७९
  • ६७६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा लागेको तालाबन्दी ५ महिनापछि खुलेको छ । त्रिविको वेतिथी र भ्रष्टाचार अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको थियो ।

नेविसङ्घले विभिन्न माग राख्दै माघ ६ गते लगाएको ताला गएको शुक्रवार खोलेको थियो भने आंशिक प्राध्यापकहरूले लगाएको ताला आज आइतवार खोलेसँगै त्रिविमा लागेको दुवै ताला खुलेको छ ।

नेविसङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपति समेत रहनुभएका प्रधानमन्त्रीसँग सहमति भएको बताएको छ भने आंशिक प्राध्यापकले लगाएको ताला खोल्न आज विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय सङ्घर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।

त्रिवि र प्राध्यापकबीच २०७८ मङ्सिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषद्ले स्वीकृत गरेको एक हजार चार सय २९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटका लागि १५ दिनभित्र पहल गर्ने, अतिरिक्त कक्षा व्यवस्थापन कार्यविधि २०७७ परिमार्जन गर्न अनुरोध गर्ने लगायत सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved