प्राइम भिजन कलेजमा सुरु भयो नि:शुल्क १० दिने होटेल म्यानेजमेन्ट तालिम

  • जेठ २६, २०७९
  • ९०५ पटक पढिएको
  • न्यू पाटी
alt

धरान : धरानमा एडभान्स डिप्लोमा अध्यापन गराउँदै आएको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले हालै SEE दिएका बिद्यार्थीका लागि निःशुल्क १० दिने होटेल म्यानेजमेन्ट तालिम संचालन गरेको छ ।

बिहीवार बाट सुरु भएको उक्त तालिममा होटल व्यवसाय सम्बन्धि जानकारी दिने, व्यवसायिक किचन सम्बन्धि जानकार बनाउने, विभिन्न परिकारहरु बनाउन सिकाउने, बनाएको खानालाई कसरी ग्राहक माझ प्रस्तुत गर्ने, समूहमा बोल्न सक्ने क्षमताको अभिवृद्धि, व्यक्तित्व विकास जस्ता विभिन्न व्यवहारिक बिषयहरु समेटिएको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए ।

विभिन्न विध्यालयबाट आएका छात्र तथा छात्राहरुलाई आज पहिलो दिन हस्पिटालिटीका बारेमा सिग्देलले सहजिकरण गरेका थिए भने उपस्थित बिद्यार्थीहरुले पनि यो तालिम भिन्न खाल्को रहेकाले रोचक र जिवनोपयोगी हुनेमा विश्वस्त रहेको बताए ।

तालिम फलदायी होस् भन्ने हेतुले धेरै बिद्यार्थीले फारम भरेता पनि एक पटकमा मात्र १५ जना समेटेर तालिम संचालन गरेको साथै यो तालिम सकिनासाथ बाँकी रहेका बिद्यार्थीलाई समेटेर पुनः दोस्रो तालिम पनि संचालन गर्ने कलेजका सि.ई.ओ अभिषेक श्रेष्ठले बताए ।

तालिम जेष्ठ २६ गतेबाट सुरु भई असार ६ गते सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved