कराँते डोजो च्याम्पेनशिपका विजयी खेलाडीहरु पुरस्कृत

  • जेठ १६, २०७९
  • ७२८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : जुनियर इटहरी नगर कराँते डोजो च्याम्पेनशिपका विजयी खेलाडीहरुलाई एक कार्यक्रम विच पुरस्कार वितरण गरिएको छ । इटहरी उपमहानगरपालिकाको आयोजना तथा कराँते इटहरी नगर कमिटिको सहआयोजनामा सम्पन्न भएको प्रतियोगिताका खेलाडीहरुलाई पुरस्कृत गरिएको हो ।

कराँतेका दक्ष खेलाडी उत्पादनमा प्रोत्साहन गर्ने लक्ष्य सहित इटहरी क्षेत्रका कराँतेका विभिन्न इभेन्टहरुमा खेलाडीहरुलाई प्रतिस्पर्धा गराउने क्रम अन्तर्गत सञ्चालित जुनियर इटहरी नगर कराँते डोजो च्याम्पेनशिपमा लक्ष्मि डोजो प्रथम, मकालु डोजो दोस्रो र आयोजक टिम तेस्रो भएका थिए । विजयी डोजो र खेलाडीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीले शिल्ड तथा प्रमाण पत्र सहित पुरस्कृत गरियो ।

प्रतियोगितामा ८ वटा डोजोका २ सय ५० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता २० केजी तौल समुह देखि लिएर ६० केजी तौल समुह सम्मका महिला र पुरुष समुहका खेलाडीहरु आआफनो समुहमा प्रतिस्पर्धा गरेका थिए भने एकल काता पनि समावेश गरिएको कराते डोजो नगर कमिटि अध्यक्ष दुर्गा बहादुर बुढाथोकीले जानकारी दिए ।

283873652_1041760599798887_3687594669886444962_n

कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राज कुमार चौधरी, कराँते इटहरी नगर कमिटिका सचिव समिर राज पोखरेल, इटहरी ७ कराँते कमिटिका अध्यक्ष नवराज रिजाल, पुर्व कराँते खेलाडि तथा प्रशिक्षक किरण सुब्बा, केशब श्रेष्ठ, बिकाश चौधरी, रुद्र वी.क. लगायतलाई सोही अवसरमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved