इटहरी ६ मा लोकप्रिय बन्दै काँग्रेसका उमेदवार पोखरेल

  • बैशाख २४, २०७९
  • ४१२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र रहेको वडा नम्बर ६ लाई व्यवसायी केन्द्र बनाउने योजना सहित चुनावी प्रचारप्रसारमा सक्रिय नेपाली काँग्रेसका उमेदवार दिवस पोखरेलको लोकप्रियता दिनप्रतिदिन वढी रहेको छ ।

प्रदेश नम्बर १ कै एक प्रमुख सहरको रुपमा रहेको इटहरीको मुख्य बजार क्षेत्रमा शौचालय अभावका कारण शौचालय जानकै लागि होटल तथा अन्य पसलका ग्राहक बन्नु पर्ने मानिसहरुको बाध्यतालाई हटाउने प्रतिवद्र्धताले पोखरेलको लोकप्रियताले जनतामा बढाएको हो ।

इटहरी उमहानगरपालिकाको मुटुको रुपमा रहेको मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय बनाउने देखि लिएर बजार क्षेत्रको सौन्दर्यतामा जोड दिँदै एक पसल दुई फुल, टेङ्ग्रा खोलामा पर्यटकीय पुल लगायतका पोखरेलले अघि सारेका चुनावी एजेण्डाले पोखरेल प्रति वडावासीको आशा वढ्दै गएको छ ।

मतदाताहरु समक्ष आफ्नो टिमको प्रतिवद्धता सहित मत माग्न पुगिरहेका पोखरेल सहित नेपाली काँग्रेसका उमेदवारहरु खुल्ला महिला सदस्यमा रमला तामाङ्ग, दलित महिला सदस्य मीना रसाइली, खुल्ला सदस्यमा दलबहादुर प्रधान दिनेश र नवीन तामाङ्ग मतदाताहरु कहाँ मत माग्न पुगिरहेका छन् । व्यवसायिक हकहित, सामाजिक सेवाका क्षेत्रमा सक्रिय पोखरेल नेतृत्वको टिमलाई युवा देखि जेष्ठ मतदाताहरुले समेत उत्साहित बनाई रहेका छन् । एक सय दुई वर्षिया राधादेवी बस्नेतले पोखरेललाई विजयका लागि आर्शिवाद प्रदान गर्दै विगतमा जस्तै सामाजिक कार्य गर्न समेत आग्रह गरिन् ।

IMG_0015

बजार क्षेत्रमा रहेको वडा भएका कारण नियमित सरसफाई गर्ने, ट्राफिक लाइट, व्यवस्थित पार्किङको व्यवस्थापन गर्ने, बजार क्षेत्रबाट बग्ने पैनीहरुलाई ब्यवस्थित बनाउने, ढलको उचित ब्यवस्थापन सहित वातावरण स्वच्छ राख्ने योजनाबद्ध रुपमा काम गरिने प्रतिवद्धता सहित पोखरेल नेतृत्वको टिम वडावासीसंग मत माग्दै आएको छ ।

कौशी खेतीलाई प्रोत्साहन गर्ने, युवा तथा महिलाहरुलाई आत्म निर्भरताका लागि विभिन्न सिप मुलक तालिम प्रदान गर्ने, खेलकुद, कला साहित्य लगायतका विधाहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी तथा विजेता हुने वडावासीलाई सम्मान तथा प्रोत्साहन गर्ने काम गर्ने लगायतका एजेण्डा पनि पोखरेल नेतृत्वको वडाका उमेदवारहरुले अघि सारेका छन् ।

मतदाताहरुको घरदैलोमा मत माग्न जाने क्रममा नेपाली काँग्रेसका उमेदवारहरुले मतदान गर्ने तरिका समेत मतदाताहरुलाई सिकाउँदै आएका छन् । निर्वाचन आयोगले समेत खासै मतदाता शिक्षाका लागि चासो नदिरहेको समयमा काँग्रेसले प्रचारप्रसारसंगै मतदाता शिक्षामा जोड दिएको पाइएको छ ।

उद्योगी व्यवसायीहरुको हकहितका क्षेत्रमा विगत दुई दशक देखि उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गर्दै आएका पोखरेल नेपाली सेनाको प्राविधिक सहयोगमा विगत १२ वर्ष देखि सञ्चालन हुँदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका स्थापना देखि नै अध्यक्षको रुपमा रहँदै आएका छन् । नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय सदस्य, नेपाल रेडक्रस सोसाईटी, इटहरी जेसिज, द रेयुकाई नेपाल लगायतका संघसंस्थामा रहेर इटहरी वासीका हकअधिकार र सामाजिक सेवाका क्षेत्र सक्रिय रहँदै आएका पोखरेल नागरिक समाज सुनसरीका कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी सम्हाली रहेका छन् ।

नेपाली काँग्रेसका तर्फबाट उमेदवार रहेका पोखरेलसंगै वडा नम्बर ९ को वडाध्यक्षका लागि नेकपा एमालेका उमेश पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अनिल सुब्बा पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved