नेपाल तरुणदल द्वारा प्रशिक्षण कार्यक्रम

  • बैशाख २३, २०७९
  • ३४५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : स्थानीय तहको निर्वाचनमा मातृ पार्टी नेपाली काँग्रेसलाई विजयी गराउने उद्धेश्यले नेपाल तरुण दलले बराहक्षेत्रमा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

नेपाल तरुण दल बराहक्षेत्र वडा नम्बर ५ का सभापति सुनिल गुरुङको सभापतित्व तथा नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको प्रमुख आतिथ्यमा भेला तथा प्रशिक्षण आयोजना गरिएको हो ।

 बराहक्षेत्र नगरपालिकाका यस अघिका प्रमुख निलम खनालले मतदाताहरुसंग गरेको बाचा पुरा नगरेको विकास निर्माणको काममा भेदभाव गर्दा नगर क्षेत्रको विकास प्रभावित भएको कार्यक्रमका प्रमुख अतिथी गुरुङले आरोप लगाए । उनले नेकपा एमालेबाट यस अघि निर्वाचित प्रमुख खनालले आर्थिक अनियमिता तथा भष्ट्रचार गरेको भन्दै उनकै पार्टीबाट निर्वाचित पुर्व वडाध्यक्ष राजु अधिकारीले प्रमुख पदमै उमेदवारी दिएर भष्ट्रचारीलाई दोहोरिन नदिन आग्रह गरिरहेको तर्फ मतदाताहरुले ध्यान दिनु पर्नेमा जोड दिए । सभापति गुरुङले भष्ट्राचारीलाई जित नदिई मातृ पार्टीका उमेदवारहरुलाई जिताउन तरुणहरुलाई आग्रह गरे ।IMG_0099

नेपाल तरुण दल बराहक्षेत्र नगरपालिका वडा नम्बर ३का सभापति एकराज कार्कीको संयोजकत्व तथा वडा नम्वर ४का सभापति रोहीत बस्नेतको सहसंयोजकत्व भएको भेलामा बराहक्षेत्रका वडा नम्बर ३,४र ५ का तरुण युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस बराहक्षेत्रका नगर सचिव मनोज योन्जन तामाङ लगायतका बक्ताहरुले नेपाली काँग्रेसका उमेदवारहरुलाई विजयी वनाउन तरुणहरुलाई आग्रह गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved