थारु प्रती अथाह प्रेम छ : अधिकारी

  • बैशाख २२, २०७९
  • ४०५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  नेपाली कांग्रेस रामधुनीका मेयरका उमेद्वार सुदिप अधिकारीले थारुप्रति अथाह प्रेम रहेको बताएका छन् । बिहिबार घरदैलो कार्यक्रममा उनले थारुहरुको जुठो खाएर हुर्केको भएकाले आफु उनीहरु संग प्रेममा रहेको बताए । 

रामधुनीमा थारुहरु सामाजिक तथा आर्थिक अवसरबाट बञ्चित भएकाले अब आफु थारुहरुको मुद्धामा केन्द्रीत हुने उनको भनाई छ । थारुको कोहबर र ग्रामथानको संरक्षण आफ्नो पहिलो प्राथमिकता भएको भन्दै उनले थारु परिकार र संस्कृतीलाई आम्दानी संग जोड्ने उनले प्रतिवद्धता जनाए । 

रामधुनीको विकाशमा आफु पहिल्यै देखी गम्भीर भएको बताउँदै अघिल्लो नेतृत्वले गरेका राम्रा कामलाई निरन्तरता दिने धारणा राखे । उपमेयर आशा चौधरी र ९ वटै वडाका वडाध्यक्षका उमेद्वारहरु सहित उनी घरदैलो अभियानमा छन् । 

घरदैलो अभियानको क्रममा देखिएका समस्याहरुलाइ टिपोट गरि सुरुमा अध्यन गरिने र निर्वाचन पश्चात सोहि विषयमा समस्या सामधान गर्ने गरि योजना बनाएर काम गर्ने प्रतिवद्धता सहित अभियान जारि राखेका हुन् । 

रामधुनीको समग्र बिकाश र समृद्ध नागरिक लगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएर शिक्षा, स्वास्थ्य र कृषिलाई मुद्धा बनाएर काँग्रेस चुनावी अभियानमा छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved