मितव्ययी चुनावी अभियानमा हेमकर्ण,चुलियो लोकप्रियता

  • बैशाख २१, २०७९
  • ६५३ पटक पढिएको
  • रञ्जना पौडेल
alt

इटहरी : आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इटहरीका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । नेपाली कांग्रेस ,माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुखको साझा उम्मेदवार बनेका नेपाली कांग्रेस इटहरीका नगर सभापती हेमकर्ण पौडेलले पनि टोलस्तरसम्म पुगेर भोट मागिरहेका छन् ।

चुनावी प्रतिस्पर्धा अति खर्चिलो र भडकाउ भयो भन्ने राष्ट्रिय बहसको मुद्धालाई आत्मसाथ गर्दै मेयरका उमेदवार हेमकर्ण पौडेलले आर्थिक मितव्ययीता अपनाउदै अति सरल र सहिष्णु तवरले चुनावी प्रचारप्रसारमा जुटेका छन । पौडेलले सिमित कार्यकर्ताका साथ साईकल सवारी गर्दै घर दैलो अभियानमा लागेर सबै दल र नेताहरुलाई एक उदाहरण प्रस्तुत गरेका छन । चुनाव जित्नु भनेको जनताका मन जित्नु हो । कसैको आस्था नगदले किन्नु हैन भन्ने उनको धारणा आफैमा सरल र सर्वस्वृकार्य रहेको स्थानिय नगरवासीहरु बताउछन ।

भौगोलिक रुपमा पूर्वकै केन्द्रबिन्दुमा रहेको ईटहरी उपमहानगरपालिकाले बिगतमा भौतिक पूर्वाधार तथा सामाजिक न्यायमा आसातित सुधार गर्न सकिरहेको छैन । इटहरीको आजको मुख्य समस्या बनेर बजार क्षेत्रभित्र बाढी पस्दा नागरिकको दुख अझै बढेको गुनासो घरदैलो अभियानको क्रममा नागकिहरुबाट एक मुद्धाको रुपमा उठान भएको मेयरका उमेदवार पौडेल स्वृकारछन । बिगतका स्थानिय सरकारले यस बिषयमा खासै चासो नदिदा जनतामा निरासा छाएकोले आफु मेयरको पदमा विजयी भए पहिलो बैठकबाटै बाढी नियन्त्रणको कामलाई अघि बढाउने नगरवासी समक्ष पौडेलले प्रतिज्ञा गरेका छन ।

पौडेलले आफु निर्वाचित भए बाढी नियन्त्रण, भौतिक पूर्वाधार बिकासका साथै सामाजिक मुद्धाहरु (महिला तथा बालबालिकाका समस्या,जेष्ठ नागरिकहरुको समस्या,सडक बाबालिकाहरुको समस्या) हरुलाई न्यायोचित सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन । स्थानिय जनताबिच लोकप्रिय रहेका पौडेलको उमेद्धवारी परेसगै नगरको उज्वल भविस्यको कामना गर्ने जनतामा खुसियालि छाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved