इटहरी ६ का वडाध्यक्ष उमेद्धवार भन्छन्, ‘अब शौचालय जान होटल छिर्नु पर्दैन’

  • बैशाख २१, २०७९
  • ५५८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरी उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधिको लागि चुनावी सरगर्मी बढेको छ । इटहरीको मुख्य केन्द्र मानिएको वडा नम्बर ६ ले सबैको ध्यान खिचेको छ । यसअघि नेपाली काँग्रेस विजयी भएको वडामा यसपटक तिब्र प्रतिस्पर्धा देखीएको छ ।

पुनः कांग्रेसलाई विजयी गराउने गरि चुनावी अभियानमा छन् अध्यक्षका उमेद्धवार दिवस पोखरेल । उनी संगै नेकपा एमालेका उमेश पौडेल र राप्रपाका अनिल सुब्बा चुनावी मैदानमा छन् । सुब्बा र पौडेललाई पराजीत गरेर इतिहास दोहोर्याउने लक्ष्यका साथ अगाडी बढेका छन् पोखरेल ।

व्यवसायीक धरातल भएका पोखरेल इटहरी ६ लाई व्यवसाय कै केन्द्र बनाउने लाईनमा छन् । व्यवसाय मैत्री जनप्रतिनिधि इटहरीको आवश्यकता भएको भन्दै उनी वडाध्यक्षको उमेद्धवार भएको बताउँछन् । उद्योग वाणिज्य संघमा हुँदा गर्न नसकेका कतिपय व्यवसायीक हितका कामलाई जनप्रतिनि भएर सम्बोधन गर्ने उनले सुनाए । “एक पसल दुई फुल, टेङ्ग्रा खोलामा पर्यटकीय पुल” भन्ने नाराका साथ उनी चुनावी अभियानमा छन् ।

इटहरी ६ का व्यवसायी देखी ग्राहकले समेत सार्वजनिक शौचालयको अभाव भोगिरहेको स्मरण गराउँदै उनले अब त्यो पिडाको अन्त्य हुने उनले उद्धघोष गरे । “शौचालय जानको लागि होटल तथा रेस्टुरेन्टको ग्राहक बन्नुपर्ने बाध्यताको अन्त्य गर्छु । सार्वजनिक शौचालय नभएर इटहरी आएका आगन्तुक, ग्राहक र स्थानीयले भोगेको पिडामा अत्यन्तै दुखदायी छ । अब त्यसको अन्त्य हुन्छ,” उनले भने ।

बजार क्षेत्रको नियमित सरसफाई गर्ने देखी अविलम्व ट्राफिक लाइटको प्रबन्ध गरि अव्यवस्थित पार्किङको व्यवस्थापन गर्न स्मार्ट पार्कीङको अवधारणा ल्याईने उनले सुनाए । दातृ निकायबाट सहयोग मागेर भएपनि पार्कीङ व्यवस्थापनलाई चुस्तदुरुस्त पारीने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

सडक विभागसँग समन्वय गरी बजारबाट बग्ने पुराना पैनीहरुलाई व्यवस्थित गरिने देखी बजारको ढललाई अलग्गै व्यवस्थापन गरी वातावरण स्वच्छ राख्ने उनले योजना अगाडी सारेका छन् ।

वडा नम्बर ६ र ९ मा रहेका हाटबजारलाई व्यवस्थित वडा नम्बर ९ सँग समन्वय र सहकार्य गरी हाटबजार व्यवस्थापन गरि बजार विस्तार गर्ने लक्ष्य राखेका छन् ।

कौशी खेतीलाई प्रोत्साहन गर्न आवश्यक तालिमको व्यवस्था गरि बजार क्षेत्रलाई पनि तरकारीमा आत्मनिर्भर बनाउने अभियान चलाईने उनले सुनाए ।

इटहरी जेसिज, नेपाल रेडक्रस सोसाइटी, नागरिक समाज, द रेयुकाई नेपाल जस्ता समाजीक क्षेत्रमा काम गरेको उनको अनुभव छ । सैनिक नागरिक सम्बन्ध विस्तार अभियान अन्तर्गत सर्पदंश उपचार केन्द्रको अध्यक्ष भएर पोखरेलले काम गरेका छन् । इटहरी उद्योग वाणिज्य सङ्घको सदस्य, उपाध्यक्ष र महासचिव हुँदै वरिष्ठ उपाध्यक्षको भुमीकामा काम गरिरहेका छन् उनी ।

वडाध्यक्षका उमेद्धवार पोखरेलको टिमबाट खुल्ला महिला सदस्यमा रमला तामाङ, दलित महिला सदस्य मीना रसाइली, खुल्ला सदस्यमा दलबहादुर प्रधान (दिनेश) र नवीन तामाङ चुनावी प्रचारमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved