इटहरी : नेपाली काँग्रेसका बरिष्ठ नेता डाक्टर शेखर कोइरालाले सुन्दरहरैचामा शिव प्रसाद ढकाललाई विजयी गराउनुपर्ने बताएका छन् । ढकालको जितले मात्र काँग्रेसको एकता प्रमाणित हुने भन्दै उनले कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए ।
पार्टीले गरेको निर्णयमा मान्नुपर्ने भन्दै उनले काँग्रेसका उमेद्धवारलाई विजयी गराएर एकताको सन्देश दिनुपर्ने धारणा राखे । मंगलबार सुन्दरहरैचा ३ को घरदैलो कार्यक्रममा पुगेका उनले ढकालको पक्षमा मत मागेका हुन् ।
“काँग्रेस एक छ । हामी शिव ढकाललाई यो नगरमा जिताउछौँ । काँग्रेस बिथोलिएको वा भड्किएको छ भनेर कसैले नसम्झे हुन्छ । हामी एक छौ,” कोइरालाले भने ।
काँग्रेसको एकताले एमाले अत्तालीएको बताउँदै उनले यो एकतालाई अझै अघि बढाउनुपर्ने उनको धारणा छ । ढकालको उमेद्धवारी संगै काँग्रेस बीच तित्तता आएको गुनासो बढेपछि कोइराला आफै चुनावी अभियानमा जोडीएका हुन् । सभापती शेरबहादुर देउवा निकट मानिएका ढकाललाई कोइराला समुहले असहयोग गरेको भन्ने हाल्ला बढेपछी पार्टी भित्र एकता रहेको सन्देश दिएका छन् ।
महाधिवेशन भएको चिसोपनलाई त्यागेर काँग्रेस कार्यकर्ता विजयी गराउने अभियानमा लाग्न उनले आग्रह गरे । आफु काँग्रेसका उमेद्धवार प्रति धेरै चिन्तीत भएको बताउँदै चुनाव जित्नेगरी जनतालाई विश्वासमा लिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved