इटहरी : सुन्दरहरैचा नगरपालिका वडा नम्बर २ अन्य वडाको तुलनामा कम विकशित मानिन्छ । नेपाली काँग्रेसले त्यही अविकशित वडाका उर्जाशिल युवा विवश प्रधानलाई वडाध्यक्षको उमेद्धवार बनाएको छ । उमेरले भर्खरै २५ बर्ष पुरा भएका उनी जेष्ठ नागरिक देखी बालबालिकाको मुद्धामा केन्द्रीत भएका छन् ।
जेष्ठ नागरिकलाई घरमै उपचारको व्यवस्था मिलाउने उनले बाचा गरेका छन् । युवा स्वरोजगारको लागि शिपयुक्त युवा उत्पादन गर्ने उनले सुनाए । बाल उद्यान निर्माणको लागि आफु प्रतिबद्ध भएको उनको भनाई छ ।
सफा सुन्दर वडा बनाउन ‘हाम्रो वडा सफा सुन्दर हरित, लागौं बनाउन तपाईं र म सहित’ भन्ने नारा तय गरेका छन् । काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन वडाध्यक्षलाई सल्लाह दिने बिशेष सल्लाहकार समिति गठन गर्ने उनको घोषणापत्रमा उल्लेख गरिएको छ ।
जेष्ठ नागरिक र अपांगलाई घरघरमै निःशुल्क श्वास्थ्योपचराको व्यवस्था मिलाउने देखी थारु संस्कृतीको संरक्षणको लागि थारु अध्ययन संग्राहलय निर्माण गरिने भएको छ । विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने र बार्षिक ५ जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृतीको व्यवस्था मिलाउने उनले घोषणा गरेको छन् ।
वडाभरि वृक्षारोपण गर्ने, हाटबजार व्यवस्थीत गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, प्लास्टीक मुक्त वडा निर्माण गर्ने संकल्प गरेका छन् । आपतकालिन उद्धार तथा राहतको लागि क्विक रेस्पोन्स टिम बनाउने प्रधानको योजना छ ।
युवाहरु माझ लोकप्रिय छवि बनाएका प्रधान नेपाली काँग्रेसका उर्जाशिल नेता हुन् । नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी मोरङ्गका सबैभन्दा कान्छो वडाध्यक्षका उमेद्धवार हुन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved