सुन्दरहरैचा काँग्रेसको घोषणापत्रः सुकुम्बासी विहिन नगर घोषणा गरिने

  • बैशाख १९, २०७९
  • ५९३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाली काँग्रेस सुन्दरहरैचाले घोषणापत्र सार्वजनीक गरेको छ । सोमबार सुन्दरहरैचाको विराटचोकमा एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनीक गरेको हो । 

सुन्दरहरैचालाई सुकुम्बासी मुक्त नगर घोषणागर्ने लक्ष्य सहित काँग्रेस चुनावी मैदानमा उत्रीएको छ । यसअघिका मेयर शिवप्रसाद ढकाललाई काँग्रेसले पुनः उमेद्धवार बनाएको छ । काँग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नवराज चापागाई उपमेयरका उमेद्धवार छन् । 

गठबन्धनको नेतृत्व गरिरहेको दलको हिसाबमा काँग्रेसले एकल रुपमै घोषणापत्र सार्वजनीक गरेको हो । घोषपत्रमा नेपालकै सबैभन्दा ठुलो बहुउद्येश्यीय अन्तराष्ट्रीय स्टेडियम निर्माण गर्ने देखी खुल्ला व्यायमशाला स्थापना गर्ने उल्लेख छ । हरेक विद्यालयलाई डिजिटल विद्यालयको रुपमा रुपान्तरण गर्ने र सुकुना बहुमुखी क्याम्पस एल. एल. बी र इन्जीनियरीङ शिक्षा सञ्चालन गर्ने काँग्रेसले प्रतिवद्धता जनाएको छ । 

नगर अस्पताललाई ५० बेडमा स्तरोन्नती गरि सबै रोगको विषेशज्ञ अस्पतालको रुपमा विकाश गर्ने लक्ष्य राखीएको छ । भिडियो कल मार्फत २४ सैं घण्टा डाक्टरको सेवा उपलब्ध गराउन मेरो डाक्टर सेवा सञ्चालन गरिने र ‘एक वडा एक डाक्टर एक टोल एक नर्स’ को व्यवस्था मिलाउने भएको छ । 20220502_173635

७० बर्ष पुरा भएका नागरिकको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने, दुलारी अस्पताललाई अपांगता विशेष अस्पतालको रुपमा रुपमान्तरण गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । पहिलो कार्यकालमा ३ हजार नागरिकको श्वास्थ्य विमा गरिएको र अब १० हजार नगरबासीलाई निशुल्क श्वास्थ्य वीमा गरिने भएको छ । 

कृषी उपज उत्पादनलाई बढवा दिन र कृषकलाई राहत पुर्याउन कृषी एम्बुलेन्स सञ्चालनमा ल्याईने काँग्रेसले जनाएको छ । कृषी उपज उत्पादनलाई पर्यटन संग जोडेर ‘घुम्न जाउँ सुन्दरहरैचा’ कार्यक्रम ल्याइने भएको छ । 

बागझोडा, हसिना हुँदै फोक्लाण्ड टापु सम्मको जंगलि क्षेत्रलाई जंगल सफारीको रुपमा विकाश गरि ‘एक रात लाईट सहितको पार्क, फोक्ल्याण्ड टापु होमस्टेमा बास’ को रणनीतिक कार्ययोजना तयार पार्ने उल्लेख छ । सोही लाईनमा साईकल लेन निर्माण गरि इको टुरीजमलाई प्रवद्र्धन गरिने भएको छ । 

अन्य पालिका संग मिलेर फोहोर प्रसोधन केन्द्र स्थापना गर्ने, प्लास्टीक शुन्य नगर घोषणा गर्ने, एक व्यक्ती एक विरुवा रोप्ने अभियान संचालन गर्ने घोषणापत्रमा उल्लेख छ । 

मेरो हातमा मेरो नगर कार्यक्रमलाई प्रभावकारी बनाउन अनलाईन मार्फत कर तिर्ने व्यवस्था मिलाईने भएको छ । घरममै बसेर घरनक्सा पास गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ । 

सलकपुरमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्ने, प्रत्येक वडामा वृद्ध चौतारी निर्माण गर्र्नेे लक्ष्य राखीएको छ । बुढि गंगा जमुनामा विद्युतिय शवदाहा गृह स्थापना गर्ने र सुन्दरहरैचालाई साहित्य संगमको रुपमा विकाश गरिने भएको छ । 

पत्रकारलाई खोजमुलक स्टोरी लेखेबापत मासिक १० हजार प्रदान गर्ने देखी पत्रकारको दुर्घटना बीमा गरिने भएको छ । सिपयुक्त युवा उत्पादन गरि ५ बर्ष भित्रमा १० हजार युवालाई रोजगारी दिलाउने काँग्रेसले जनाएको छ । 

घोषणापत्र सार्वजनीक कार्यक्रममा बोल्दै ढकालले आफुले पुरागर्न सकिने मात्र बिषयलाई समेट्ने प्रयास गरेको बताए । धेरै महत्वकाङ्क्षी योजना सार्वजनीक गर्नुभन्दा सामान्य काम गरेर पनि जनतालाई खुसी पारिने उनको भनाई छ । आफुले पहिलो कार्यकालमा सुरुगरेका योजनालाई पुरागर्न आफु प्रतिवद्ध भएको उनले सुनाए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved