प्रदेश १ मा खेलकुद क्षेत्रको बिकासकालागी बिगतको भन्दा बढी रकम बिनियोजन गर्ने : मुख्यमन्त्री राई

  • बैशाख १५, २०७९
  • ७६९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : खेलकुद क्षेत्रको विकास र विस्तार कार्य लागि विगतको भन्दा बढी रकम प्रदेश सरकारले विनियोजन गर्ने प्रदेश नम्वर १का मुख्यमन्त्री राजेन्द्र राईले वताएका छन । सुनसरीको इटहरीमा प्रदेश खेलकुद विकास वोर्डले आयोजना गरेको खेलकुद सम्वन्धी भावि कार्य योजना तर्जुमा तथा कार्यशाला गोष्ठीमा बोल्दै मुख्यमन्त्री राईले विगत भन्दा बढी यस पटक देखि बजेट विनियोजन गरिने वताएका हुन ।

प्रदेशको खेलकुद क्षेत्रका लागि ऐन कनुन नबनेका कारण पनि खेलकुद क्षेत्रको विकास र विस्तारका लागि विगतका सरकारले कम बजेट विनियोजन हुदै आएकोमा अब प्रदेश खेलकुद विकास बोर्ड वनिसकेकाले बजेट बढाइने मुख्यमन्त्री राईले जानकारी गराए ।

कार्यक्रममा नौं राष्ट्रिय प्रतियोगिताका विषयमा छलफल साथै खेलकुद सम्वन्धी भावी कार्ययोजना तर्जुमाका लगायतका विषय समावेश रहेको कार्यक्रममा सहभागी नेपाल तेक्वाण्दो संघ प्रदेश नम्बर १का अध्यक्ष शैलेश विष्टले जानकारी दिए । कार्यक्रममा प्रदेश नम्बर १मा रहेका जिल्लाहरुको तर्फबाट खेलकुद सम्वन्धी कार्य योजना प्रस्तुत गरेका थियो प्रस्तुत गरिएका कार्ययोजनाहरुका विषयमा छलफल गरियो ।

सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्ड प्रदेश नम्बर १का अध्यक्ष राजन राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले कार्यक्रमका विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादव , आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आइबो , राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव केशवकुमार विष्ट लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved