मोरङको सुन्दरहरैंचा नगरपालिका पाँच वटा कृषि समुहलाई बोयर जातको पाठी उपलब्ध

  • चैत्र २८, २०७८
  • ४७७ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ :  कृषि तथा पशुपक्षी मन्त्रालय अन्तरगत रहेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका तर्फबाट मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँच वटा कृषि समुहलाई बोयर जातका पाठी उपलव्ध गराइयो । विश्वमै मासुका लागि राम्रो जात मानिएको बोयर जात र बोयरका क्रस उत्पादन गर्ने उद्धेश्यले कृषि समुहलाई पाठी उपलव्ध गराइएको हो ।

 सुन्दरहरैचा नगरपालिकाको साना कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रम अन्तरगत फलो अफ बाख्रा वितरण गरिएको सुन्दरहरैचा नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख जिवन कुमार चापागाईले जानकारी दिए । उनले विदेशमा राम्रो जात मानिएको र नेपालमा पनि परिक्षण भई रहेकाले बोयर जात र क्रस उत्पादन गरेर मासुको उत्पादन बढी बोयर जातका बाख्रा पालन गरेर किसानहरुले राम्रो आम्दान गर्न सकुन भनेर नगरपालिकाले अनुदानमा बाख्रा वितरण गर्दै आएको समेत वताए ।

 पशुपक्षी शाखाद्धारा गठित बाख्रा पकेट मुल समितिले नगरपालिकाका १२वटै वडा अन्तरगत रहेका बाख्रा पालन समुहलाई समावेश गरेर बाख्रा वितरण गर्दै आएको छ । बाख्रा वितरण कार्यक्रममा नगरप्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङ कृषि समुहलाई पाठी वितरण गरे । नगरपालिकाको पचास प्रतिसत अनुदानमा कृषि समुहलाई यस अघि पनि एक सय बाख्रा वितरण गरिएको जनाइएको छ । बाख्रा वितरणका लागि ७ लाख रुपैया नगरपालिकाले अनुदानमा उपलव्ध गराएको समेत सो अवसरमा बाख्रा पकेट मुल समिति सुन्दरहरैचाका अध्यक्ष एनकुमार गिरीले जानकारी गराए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved