५ बर्ष मुनिका बालबालिकाहरुको नि:शुल्क आँखा परिक्षण

  • चैत्र १९, २०७८
  • ३२३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरीमा पहिलो पटक ५ वर्ष मुनीका वालवालिकाहरुको निःशुल्क आँखा परिक्षण हुने भएको छ ।

होटल चिन्तन चौतारीमा आयोजित एक औपचारीक कार्यक्रममा परिक्षणबारे एक दिवसिय तालिमको आयोजना गराइएको हो ।

इटहरी ग्लोवल आँखा अस्पतालको आयोजना र इटहरी उपमहानगरको सहयोगमा सञ्चालित कार्यक्रममा नेपालकै पहिलो पटक इटहरीबाट बालबालिकाहरुको खोप संगै निःशुल्क आँखा परिक्षण हुने भएको छ ।जन्मेको बालक वा बालिकामा पहिलो खोप लगाउन आउदा अनिवार्य आँखा परिक्ष्ण गराइने भएको हो । 

साना बालबालिकाको जन्मे देखीनै आँखाको समस्या हुन सक्ने र समस्या देखा परेमा उपचार हुने हुदा कोही पनी बालबालिकाहरुले आँखाको समस्या भोग्नु नपरोस भनेर इटहरीमा यो कार्यक्रमको थालनी भएको कार्यक्रमका अध्याक्ष तथा इटहरी ग्लोबल आँखा अस्पतालका सञ्चालक डा. बेन लिम्बुले जानकारी दिए । 

यसैबिच सोही कार्यक्रममा इटहरीभरीका खोप प्रदायक स्वास्थयकर्र्मीलाइ बालबालिकाहरुमा हुने आँखाका राग तथा परामर्स लगायतका विषयमा सहजिकरण गराइएको थियो । इटहरीमा यो अभियान सफल हुन सके एक वर्षमा ३ हजार बढी बालबालीकाहरु लाभान्वित हुने अनुमान गरिएको छ । 

बालबालिकाहरुको आखामा देखिने बिभिन्न समस्याहरुको पहिचान गरि उनिहरुलाइ निःशुल्क उपचार र उचित परामर्स प्रदान गरिने सहजिकरणमा जनाइएको छ । 

कार्यक्रममा ४३ जना खोप प्रदायक स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो भने उनिहरुलाइ मेची आँखा अस्पतालका डा.पुरुषोत्तम जोशी , डा.बेन लिम्बु र डा.निशा श्रेष्ठले सहजिकरण गरेका थिए । 

 कार्यक्रममा बिशिस्ट अतिथि नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, इटहरी उपमहानगरकि उपमेयर लक्ष्मी गौतम त्यसैगरी प्रमुख अतिथी इटहरी नगर प्रमुख द्धारिकलाल चौधरी लगायतले इटहरी बाट सुरु भएको नौलो अभ्यास स्वरुप बालबालिकाहरुको आँखा परिक्षण कार्यक्रमको सफलताको कामना सहित सुभकामना मन्तब्य राखेका थिए 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved