अपाङ्गता सम्बन्धी जनचेतना फैलाउन इटहरीमा ह्वीलचियर रन आयोजना हुने

  • फाल्गुन १५, २०७८
  • ५६१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : अपाङ्गता भएका मानिसहरु विच खेलकुदका गतिविधिहरु सञ्चालन गरि अपाङ्गता सम्बन्धी जनचेतना फैलाउने उद्धेश्यले सुनसरीको इटहरीमा ह्वीलचियर रन आयोजना हुने भएको छ । अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसर पारेर स्पाईनल इन्जुरी संघ प्रदेश नम्बर १ को आयोजनामा ह्वीलचियर रन हुने भएको हो ।

ह्वीलचियर रनका विषयमा जानकारी दिने उद्धेश्यले फलैचा क्याफेमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय स्तरमा अपाङ्गता खेलकुदको सुरुवातसंगै विकास गर्दै लैजाने, अपाङ्गता भएका व्यक्तिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुदमा सहभागी गराउन सहयोग पुर्याउने उद्धेश्यले ह्वीलचियर रन आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विक्रम घिमीरेले जानकारी दिए । १४औं अन्तराष्ट्रिय ह्वीलचियर दिवसको अवसरमा यही फागुन १७ गते प्रतियोगिता संचालन गरिने जानकारी समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रदेश नम्बर १ का एक सय जना ह्वीलचियर प्रयोगकर्ता खेलाडीहरु सहभागी रहने जनाइएको प्रतियोगिताका प्रथमलाई नगद ५ हजार सहित ट्रफि प्रमाणपत्र, दोस्रो हुने खेलाडीलाई नगद ४ हजार सहित ट्रफि, प्रमाणपत्र र तेस्रो हुनेलाई नगद ३ हजार सहित ट्रफि, प्रमाणपत्रले पुरस्कृत गरिने वताइयो । प्रतियोगिताको लागि २ लाख २३ हजार २ सय ५० रुपैया खर्च हुने पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक संस्थाका सचिव राजु कार्की तथा अपाङ्गता भएका बास्केटबल खेलाडी सन्देश चौधरी लगायतले प्रतियोगिताको विषयमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved