इटहरी : सुनसरीको इटहरीमा ब्रदर्श स्नोकर हाउसको आयोजनामा पूर्वाञ्चल ओपन स्नोकर च्याम्पियन सिप २०७८ हुने भएको छ । शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजक पक्षले यही फाल्गुण २१ गतेदेखि २८ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको जानकारी दिएको हो ।
खेलाडीलाई अवसर प्रदान गर्दै प्रतिस्पर्धात्मक विधिबाट खेलाडीको मनोवल उच्च पार्दै स्नोकर खेल र खेलाडीको प्रवर्धन तथा सम्बर्धनमा टेवा पु¥याउने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिएको ब्रदर्श स्नोकर हाउसले जनाएको छ । यसअघि पनि दुई पटक प्रतियोगिताको आयोजना गरेको ब्रदर्श स्नोकरले यस पटक भने प्रदेश १ लाई नै समेट्ने प्रयास गरेको बताएको छ ।
प्रतियोगितामा ६४ जना प्रतियोगीले सहभागिता जनाउने बताउँदै ब्रदर्श स्नोकर हाउसका अध्यक्ष कृष्ण गुप्ताले प्रथम पुरस्कार ३० हजार रुपैयाँ नगद, दोस्रो हुनेलाई १० हजार र तेस्रो तथा सान्तोना पुरस्कार ५ हजार राखिएको जानकारी दिए । खेलमा ७५ को ब्रेक हान्ने खेलाडीलाई ५० हजार नगद प्रदान गरिने अध्यक्ष गुप्ताले बताए ।
त्यस्तै प्रतियोगिताका उत्कृष्ट ८ लाई स्टिक र बक्स, उत्कृष्ट १६ लाई ट्रफी र प्रमाणपत्र, हाइयेस्ट पोइन्ट, ब्रेकर, बेस्ट प्लेयर, राइजिंग प्लेयर लगायतलाई पनि पुरस्कार प्रदान गरिने आयोजकपक्षका उपाध्यक्ष विवेक रामदामले जानकारी दिए । प्रतियोगितामा सहभागिका लागि १५ सय रुपैयाँ इन्ट्री फि राखिएको पनि उनले जानकारी दिए । स्नोकर खेल पछिल्लो समय युवावर्गबीच लोकप्रिय बन्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved