नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश, भोलि युएई सँग सेमिफाइनल खेल्ने

  • फाल्गुन ९, २०७८
  • ७५६ पटक पढिएको
  • संगीत सिग्देल
alt file photo

चतरा : नेपाल आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट​को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले २ विकेट खर्चेर १४.१ ओभरमा पुरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले अविजित रहदैँ ३४ रन बनाए भने, दिपेन्द्र सिंह ऐरीले पनि अविजित २७ रन बनाउँदा, आशिफ शेखले १७ रन बनाए तर कुशल मल्ल पहिलो बलमै पेभेलियन फर्किएका थिए । क्यानडाका कलिम साना र सलमान नजरले एक–एक विकेट लिए ।

ओमानको राजधानी मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडाले १५ ओभरको अलआउट हुँदै ८० रन बनाएको थियो । उसका लागि कप्तान नवनित ढलिवालले १८, रायन पठानले १४ रन बनाए । लमान नजारले १० तथा डिलोन हेलिगरले अविजित २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, कमल सिंह ऐरी र अभिनास बोहोराले समान दुई दुई विकेट लिँदा कुशल मल्लले एक विकेट हात पारे ।

आफ्ना तीनै खेलमा जित निकालेसँगै नेपाल ग्लोबल छनोट ‘ए’ को समूह 'बी' को विजेता बनेको छ । अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान बनाउनका लागि अब नेपालले समूह ‘ए’ को उपविजेता युएईलाई भोलि पराजित गर्नुपर्ने हुन्छ । नेपाल र युएई बिचको सेमिफाइनल खेल भोलि नेपाली समय अनुसार दिउँसोको ३:४५ बजे हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved