बराहक्षेत्र : बराहक्षेत्र नगर खेलकुद विकास समितिद्वारा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबलाई रु. दुई लाख पच्चीस हजार नगद बराबरको खेलकुद सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रम बीच हाटखोलामा रहेको बाइस बिघे खेल मैदानमा उक्त खेलकुद सामग्री वितरण गरिएको हो ।
खेलकुद सामग्री वितरण कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका महिला फुटबल खेलाडीहरुलाई नगर खेलकुद विकास समितिद्वारा प्रदान गरिएको खेलकुद सामग्रीहरु हस्तान्तरण गर्नु भएको थियोे ।
उक्त खेलकुद सामग्री वितरण कार्यक्रममा २ नम्बर वडा कार्यलयका अध्यक्ष हरिकृष्ण भट्टराई, नगर खेलकुद विकास समितिका सदस्य अरुण राई, आदर्श माध्यमिक विध्यालय संचालन समितिका अध्यक्ष यादव गौतम, हाटखोला फुटबल क्लबका अध्यक्ष बिकास सुनुवार, वरिष्ठ समाजसेवी ध्यान बहादुर सुनुवार, दुर्गा श्रेष्ठ लगायत अन्य शुभेच्छुकहरुको उपस्थिति रहेकोे थियोे । उक्त खेलकुद सामाग्री वितरण कार्यक्रमको सभाध्यक्ष क्लबका उपाध्यक्ष श्री जितेन्द्र राईले गर्नु भएको थियोे ।
माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबले संचालन गर्दै आएको ट्रेनिङ सेण्टरले राष्ट्रिय यु -१५ का तीन महिला खेलाडी उत्पादन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved