सुनसरी : प्रथम सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधीका लागि आयोजक मेमोरी युवा क्लब र पूर्वाञ्चल युनाइटेड बिच प्रतिष्पर्धा हुने भएको छ ।
सुनसरीको दुहबी ८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शनिबार भएको दोस्रो सेमीफाइनल खेलमा मोरङ्ग बिराटचौकको एकता युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधी भिडन्त पक्का गरेको हो । आयोजक क्लबलाई उपाधी नजिक पुर्याउन खेलको ७० औं मिनेट कुशल राईले निर्णायक गोल गरे ।
खेलको म्यान अफ द म्याच आयोजक क्लबका मिडफिल्डर उमेश कार्की घोषित हुँदै नगद २ हजार रुपैंया प्राप्त गरे । फाइनल खेल सोमबार हुने मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले बताए ।
यसअघि पहिलो सेमिफाइनल खेलमा डाँगीहाट फुटबल क्लबलाई सडेन डेथमा पराजित गर्दै पूर्वाञ्चल युनाइटेड फाइनल प्रवेश गरिसकेको छ ।
प्रतियोगितामा उपाधी बिजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैया पुरस्कार पाउनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved