गाउँबेशी कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न

  • पुस २३, २०७८
  • ८२६ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १० प्रकाशपुर स्थित गाउँबेशी कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले पुनः रविन घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

साधारण सभाले समितिको उपाध्यक्षमा विष्णुकमारी श्रेष्ठ तथा सदस्यहरुमा नरेन्द्र बस्नेत, दण्डिप्रसाद घिमिरे, टंकनाथ पोखरेल, रामबाबु रौनियार, डम्बर कुँवर, बिमला श्रेष्ठ, रेनुका ढुंगाना, पवित्रा विक र हरि खत्रीलाई चयन गरेको छ ।

साधारण सभाको अवसरमा उत्कृष्ट दैनिक बचत कर्ता लक्ष्मण रौनियार र उत्कृष्ट बालवचत कर्ता अंशु कारकलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष रविन घिमिरेको अध्यक्षता तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा उपप्रमुख कमला मगर, वडाध्यक्ष भोलाकाजी बस्नेत, महेन्द्र खत्री, बद्री बुढाथोकी, राजु सुवेदी, गणेश पौडेल, मणि राई लगायतको आतिथ्यता रहेको थियो ।

२०७२ सालमा स्थापना भएको सहकारीमा १६ सय शेयर सदस्य तथा कूल पूँजी करिब ३ करोड रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved