पश्चिमी बुल्गेरियामा बस दुर्घटना हुँदा ४६ जनाको मुत्यु भएको छ । राजधानी सोफियाको दक्षिण पश्चिममा रहेको बोस्नेक गाउँ नजिकै गडिरहेको बस अन्यिन्त्रित भएर रेलिङमा ठोक्किएलगत्तै आगलागीसमेत भएको बीबीसीले जनाएको छ । दुर्घटनामा कयौं घाइते भएको बताइएको छ ।
बसमा कति यात्रु सवार थिए भन्ने नखुलेको समाचारमा जनाइएको छ । दुर्घटनामा परेर बालबालिका र महिलासमेत मारिएको समाचारमा उल्लेख छ । टर्कीको स्तानबुलतर्फ छुट्टी मनाउन हिँडेका सर्वसाधारण सवार बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved