क्लब स्तरिय फूटबल प्रतियोगिताको उपाधि हाटखोला फूटबल क्लबलाई

  • आश्विन २८, २०७८
  • ८६५ पटक पढिएको
  • संगीत सिग्देल
alt

बराहक्षेत्र : आयोजक टीमलाई उस्कै खेल मैदानमा हराउँदै हाटखोला फूटबल क्लबले बसन्त ऋतु मा. वी. मा सम्पन्न क्लब स्तरिय फूटबल प्रतियोगिताको प्रथम उपाधि हात पारेको छ ।

आज भएको फाईनल खेलमा सप्तकोशी युवा क्लब, आयोजक A लाई २-० ले पराजित गर्दै हाटखोला फूटबल क्लबले यो नतिजा हात पार्न सफल भएको हो ।

खेलको पहिलो हाफमा जर्सी नंं ७ का एलन राईको गोल मार्फत अग्रता बनाएको हाटखोला फूटबल क्लबले खेलको दोस्रो हाफमा जर्सी नंं ११ का युवराज श्रेष्ठ को गोल मार्फत २-० को जित सुनिस्चित गरेको थियो ।

IMG_9754

आजको खेलका म्यान अफ द म्याच हाटखोला फूटबल क्लब का युवराज श्रेष्ठ घोषित भए । उनलाई नगद रु. १,५०० सहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै अन्य बिधाहरुमा पनि खेलाडिहरुलाई पुरस्कृत गरिएको थियो । बेष्ट गोलकिपर हाटखोला फूटबल क्लबका शौरभ बराल घोषित भए भने बेष्ट डिफेन्डर हाटखोला फूटबल क्लबका राजकुमार राई, बेष्ट मिड फिल्डर सप्तकोशी युवा क्लबका रबिन राई, बेष्ट फर्वाड हाटखोला फूटबल क्लबका बर्तमान राई, बेष्ट कोच हाटखोला फूटबल क्लबकै रोहित शाह घोषित भए । सबैले नगद रु. १,५०० सहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे ।

त्यसै गरी उदयमान खेलाडी सप्तकोशी युवा क्लबका रोमन राई घोषित भए । उनले नगद रु. २,००० सहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे । अधिक गोल कर्ताको उपाधि २ जनाले प्राप्त गरे । हाटखोला फूटबल क्लबका एलन राई र सप्तकोशी युवा क्लबका योन्जन लिम्बूले नगद रु १.५०० सहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे । त्यस्तै सर्वोत्कृष्ट खेलाडी आयोजक सप्तकोशी युवा क्लबका भिम बि. क. घोषित भए । उनले नगद रु २,५०० सहित ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे ।

IMG_9418

प्रथम हुने टिमले पुरस्कार वापत ट्रफी सहित रु ५५ हजार ५५५‌ तथा दोस्रो हुने टिमले ट्रफी सहित रु ३५ हजार ५०० रुपैयाँ नगद प्राप्त गरे । असोज २१ गते बाट सुरु भएको यस प्रतियोगितामा कुल ८ वटा टिमहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved