सुन मुद्दामा गोरेले पाए सफाइ, हत्या अभियोगमा जन्मकैद

  • आश्विन २०, २०७८
  • ४५० पटक पढिएको
  • न्यू पाटी
alt

बिराटनगर । जिल्ला अदालत मोरङले मोरङ उर्लाबारीमा सनम शाक्य र करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई सुन तस्करी मुद्दामा सफाइ दिएको छ । उनलाई  कर्तब्य ज्यान मुद्दामा मात्रै जन्मकैद सजायको फैसला भएको छ । 

सुन तस्करी मुद्दामा अन्य प्रतिवादीले पनि सफाइ पाएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले सुन आयात र निर्यात गरेको प्रमाण पेस नभएकाले गोरेसहित ५६ जना प्रतिवादीलाई तस्करीको मुद्दामा सफाइ दिएको फैसला सुनाएको छ । ७७ जनालाई प्रतिवादी बनाइएको मुद्दामा २१ जना अझै फरार छन् । फरारहरुको मुद्दा मुल्तबीमा राखिएको छ । 

‘भन्सार ऐन २०६४ को समग्र कानुनी व्यवस्था हेर्दा भन्सार चोरी निकासी र चोरी पैठारी हुन मालवस्तु  बरामद भएकै हुनुपर्ने अवस्थाको परिकल्पना गरिएको छ । नेपालमा अवैद रूपमा  सुन चोरी निकासी र पैठारी गरिएको भनिएका सुन बरामद गरी दसीको रूपमा पेस गर्न अभियोजन पक्षले नसकेको,’ ‘फैसलाको रायमा भनिएको छ,‘निजी रूपमा राखिएको खातापाता विवरणसमेतलाई फैजदारी कसुरमा प्रमाणमा ग्रहण गर्न नमिल्ने भन्ने सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादन भइरहेको अवस्थामा अवैध रूपमा प्रतिवादीले सुन भित्र्याई  चोरी पैठारी तथ निकासी गरेको भन्ने घटना वारदारत स्थापित हुन सकेन ।’

सरकार पक्षले गोरेको समूहले राखेको हिसाब किताबका आधारमा ३८ क्विन्टल सुन आयात भएको दाबी गरेको थियो । तर अदालतले भने खातापातलाई प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने भएकाले सफाइ दिएको हो । राय किताबमा लेखिएको छ ‘निजी रुपमा राखिएको खातापाता विवरण समेतलाई फैजदारी कसुरमा प्रमणमा ग्रहण गर्न नमिल्ने भन्ने सर्बाेच्च अदालतबाट सिद्धान्त प्रतिपादन भइरहेको समेतका आधारमा अबैध रुपमा प्रतिवादीले सुन भित्र्याई चोरी पैठारी तथ निकासी गरेको भन्ने घटना वारदारत स्थापित हुनसक्ने देखिन आएन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved