फाइनल खेल एभरेष्ट फुटबल क्लब तथा जे. एस. वाई. सि. विच १७ गते हुने 

  • आश्विन १५, २०७८
  • ५५८ पटक पढिएको
  • हिमाल राई
alt ह्याट्रिक हिरो निसान लिम्बू

चतरा : प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम तथा दोस्रो सेमिफाइनल खेलमा एभरेष्ट फुटबल क्लबले हाटखोला फुटबल क्लबलाई ५- २ ले हराउँदै फाइनलको यात्रा तय गरेको छ।

खेलको सुरुवाती ३ मिनेटमा हाटखोला फुटबल क्लबका खेलाडी बर्तमान राईले गोल गरेर क्लबलाई अग्रता दिलाएका थिए तर एभरेष्ट फुटबल क्लबका खेलाडी निसान लिम्बूको ह्याट्रिक र अन्य खेलाडि सन्जय श्रेष्ठ र युबराज श्रेष्ठले १-१ गोल गरेर हाटखोला फुटबल क्लब माथि ५-२ को सहज जित निकाल्न सफल भए । हाटखोला फुटबल क्लबका दिपेश तामाङले दोस्रो गोल गरेता पनि टिमको हार जोगाउन असफल भए।

आजको खेलका म्यान अफ द म्याच ह्याट्रिक हिरो निसान लिम्बू घोषित भएका थिए। लिम्बुलाई खेल प्रेमि तथा आयोजक समितिका उपाध्यक्ष सकर राईले नगद रु १ हजार रुपैयाँ तथा ट्रफि प्रदान गरेका थिए।

यही असोज १७ गते हुने फाइनल खेलको बिजेताले नगद रु ४५ हजार तथा ट्रफी त्यस्तै दोस्रो हुने टिमले नगद र २० हजार तथा ट्रफी प्राप्त गर्ने छन् । प्रथम ट्रफी मनोज साह तथा दोस्रो ट्रफी मनोज रामले सौजन्य गरेका हुन।

भोलिको मैत्रिपुर्ण खेल एभरेष्ट महिला फुटबल क्लब तथा बेलका महिला फुटबल‌ क्लब बिच दिउँसो ३ वजे हुने साथै आयोजक टिम तथा बराहक्षेत्रका पुर्व खेलाडीहरु विच मैत्रिपुर्ण खेल पनि भोलि नै हुने कुरा स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोशन श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved