प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता सुरु : ग्रीन कल्चरल फुटबल क्लब चक्रघट्टि बिजयी

  • आश्विन १०, २०७८
  • १३१३ पटक पढिएको
  • हिमाल राई
alt

चतरा : बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा आजबाट प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

आज १० गते भएको उद्घाटन खेलमा आयोजक चतरा फुटबल क्लबका खेलाडी दिवस लिम्बूले पहिलो गोल गरेर अग्रता दिलाएका थिए। सागर वाराकोटीले दोस्रो गोल गरेर टिमलाई मध्यान्तर अगाडि २ गोलको अग्रता दिलाएका थिए।

मध्यान्तर पछि ग्रीन कल्चरल फुटबल क्लब चक्रघट्टिका कासिम राईले १ गोल गरेका थिए। निसान श्रेष्ठले पुन १ गोल गरेर टिमलाई २-२ को वरावरीमा पुराएका थिए। निर्धारित ७० मिनेटको खेल बराबरीमा टुङ्गिए पछि रेफ्रीले हार जितको निर्णय टाइबेक्ररको आधारमा गरेका थिए। टाइबेक्ररमा ग्रीन कल्चर फुटबल कल्ब चक्रधटीले चतरा फुटबल क्लबलाई ७-६ ले हराएको थियो।

आजको म्यान अफ द म्याच ग्रिन कल्चर फुटबल क्लबका गोल किपर आसुस बजगाईं भएका थिए। बजगाईंलाई चतरा फुटबल क्लबका अध्यक्ष राज कुमार राईले १ हजार नगद तथा ट्रफि प्रदान गरेका थिए।

चतरा फुटबल क्लबका सचिव दिनेश राईका अनुशार मोरङ, उदयपुर र सुनसरी जिल्लाका गरि जम्मा ८ वटा क्लबहरुले सहभागीता जनाउने छन। फाइनल प्रतिस्पर्धा यही अषोज १७ गते हुने तथा प्रथम हुने टिमलाई ४५ हजार नगद तथा ट्रफी साथै दोस्रो हुने टिमलाई २० हजार नगद तथा ट्रफी प्रदान गरीने छ।

IMG_6816

प्रमुख अतिथि वडा नं १ का अध्यक्ष सुरेस श्रेष्ठले पाँच. आर. डि. नहर पारी मा रहेको खाली जमिनलाई खेल मैदान रुपमा विकास गर्न वडा कार्यालयबाट तत्काल २० हजार रुपैयाँ प्रदान गर्ने कुरा बताएका थिए।

क्लबका अध्यक्ष राज कुमार राई, प्रमुख अतिथि वडा नं १ का अध्यक्ष सुरेस श्रेष्ठ,बडा नं २ अध्यक्ष हरिकृष्ण भट्टराई, विशिष्ट अतिथि दिलिप राई, इलाका प्रहरी कार्यालय चतरा,सशस्त्र वेस क्याम्प लगायत स्थानीय भद्र भलादमीहरुको उपस्थिति रहेको थियो।

newpati

स्वागत मन्तव्य स्थानीय राष्ट्रिय फुटबल खेलाडी रोसन श्रेष्ठ दिएका थिए। कार्यक्रमको सन्चालन चतरा फुटबल क्लबका सचिव दिनेश राईले गरेका थिए।

भोलिको खेल हाट खोला फुटबल क्लब, बराहक्षेत्र वडा नं २ तथा राजावास फुटबल क्लब बिच दिउँसो को ३ बजे देखि हुने छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved