सुन्दरहरैंचामा रोजिनाको रहस्यमय मृत्यु, कुटपिटबाट मृत्यु भएको आरोप

  • आश्विन ५, २०७८
  • ३५४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी ।मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरमा एक जना महिलाको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।२२ वर्षीय रोजीना गिरीको आइतबार बिहान लोबेडमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । घाँटीमा सल बाँधिएको अवस्थामा रोजिनाको शव लोबेडमा घोप्टो पारिएको अवस्थामा फेला परेको र शरिरमा पनि निलडाम भएकोले मृतकका माइती पक्षले हत्या गरेको आरोप लगाएका छन् ।

नातिनीको शंकास्पद अवस्थामा शव फेला परेकोले घटना रहस्यम रहेकोले प्रहरी प्रशासनले घटनाको निष्पक्ष छानविन गरिनुपर्ने उनका हजुरबुवा यामकुमार गिरीले बताए । ‘नातिनीको शवको प्रकृति हेर्दा घटना रहस्यमय रहेको छ । घाँटीमा सल बाँधिएको छ । तर, शव लोबेडमा घोप्टो अवस्थमा अवस्थामा फेला परेको छ । अनुहारमा भाग पनि पुरा कालो भएर शरिरमा चोटपटक लागेको छ ।

‘नातिनीको हत्या गरेपछि आत्महत्या देखाउन झुण्डाएका हुनसक्छ,’ हजुरबुवा यामबहादुरले भने, ‘यस घटनामा परिवारका सदस्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुुसन्धान सुरू गरिनु पर्दछ ।’ मृतक रोजिनाको गत भदौमा विनोद काफ्लेसँग विवाह भएको हो । रोजिनाको माइती उर्लाबारी ८ दुर्गापुरी हो । उनीहरूको प्रेम सम्बन्धपछि विवाह भएको थियो । विनोदले विवाह गरेपछि करिब ६ महिना अगाडि वैदेशिक रोजगारका लागि विदेशमा छन् ।

माइती पक्षले घटनाको अनुसन्धान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग राख्दै परिवारका तीन जना सदस्यविरूद्ध किटानी जाहेरी पनि दिने तयारी गरेका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय बेलबारीमा पुगेर जाहेरी दिने तयारी गरिएको हजुरबुवा यामबहादुरले बताए । यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले मृतकको शव पोस्माटम गर्न धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएको जानकारी दिए । ‘हामीले शवलाई पोस्टमार्टम गर्न पाठाएको छौं,’ उनले भने, ‘पोस्मार्टम रिपोर्ट आएपछि थप विषय खुल्नेछ । अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved