आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आज नेपालले अमेरिकासँग खेल्दै

  • भदौ २८, २०७८
  • ५३४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । आजबाट ओमानमा सुरु हुने आईसीसी विश्वकप क्रिकेट लिग लिग टू अन्तर्गत त्रिदेशीय शृ‌खलाकाे पहिलाे खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।कोरोना महामारीका कारण पूर्व निर्धारित तालिकामा असर परेपछि लिग टू अन्तर्गत ३६ मध्ये नेपालले आज पाँचौं खेल खेल्न लागेको छ ।

यसअघि करिव डेढ वर्षअघि नेपालमै भएको शृंखलामा घरेलु टोलीले चार खेलमा ४ अंक बनाएको छ । लिग टूको शीर्ष तीनभित्र रहेर एकदिवशीय विश्वकप खेल्ने आशा जगाउन नेपालका लागि यो शृंखला निकै महत्वपूर्ण छ ।लिग टू मा अमेरिकाले अहिलेसम्म १२ खेल खेलेकोमा ६ खेलमा जित हासिल गरेको छ भने ६ खेलमा पराजय ब्यहोरेको छ ।

नेपालमा भएको शृंखलामा अमेरिकाले नेपालसँग दुई गरी चारै खेलमा पराजय ब्यहोरेको थियो ।तर अमेरीका अन्तिमपल्ट फेब्रुअरी २०२० मा नेपाल आउँदा र अहिलेको टिममा निकै परिवर्तन भएको छ । त्यो बेला टिममा रहेका केहि खेलाडी अहिलेको टिममा छैनन् । यसका साथै यो पटक टिममा केहि युवा खेलाडीलाई समेटिएको छ भने दुई जनाले पहिलो पटक लिग टू मा डेब्यू गर्दैछन्।यो पटक अमेरिकी टिम पूर्ण आत्मविश्वासका साथ ओमान पुगेको छ ।

पाकिस्तान र भारत र वेष्ट इन्डिजका खेलाडीको मिश्रण रहेको अमेरिकी टिमका कप्तान सौरभ नेत्रवाल्करले नेपाललाई सजिलो प्रतिद्धन्द्धी नभएपनि जित निकाल्नेमा विश्वस्त रहेको बताएका छन् ।यता नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले यो सिरिज खेल्न नसक्ने भएपछि टिमलाई ठूलो झट्का लागेको छ ।

उनको दायाँ खुट्टाको गोलीगाँठामा चोट लागेकाले केहि समय उनलाई आराम गर्नुपर्ने भएको छ ।अमेरीकाविरुद्ध खेल्दा नेपालकालागि मुख्य हतियार स्पिनर सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी हुन सक्छन । सन्दिपले घरेलु मैदानमा अमेरिकालाई ध्वस्त पार्न एक्लैले ६ विकेट लिएका थिए ।नेपाल र अमेरीकाले एकदिवसिय मान्यता पाएपछि लिग टु सिरिजमा तेस्रो पटक खेल्न लागेका हुन ।

नेपालले यसअघि कीर्तिपुर मैदानमा पहिलो खेलमा ३५ रनले जितेको थियो भने दोस्रो खेलमा ८ विकेटले हराएको थियो । नेपाल र अमेरिकाबीच सन् २००८ मै एकदिवशीय खेल भएको थियो ।डिभिजन ५ देखिका प्रतिद्वन्द्वी नेपाल र अमेरिकाले ५० ओभरमा ६ पटक खेलेका छन ।

जसमा तीन खेल नेपालले जितेको छ भने अमेरीकाले तीन खेल जितेको छ । नेपाल र अमेरिकाबीच ओमान क्रिकेट एकेडेमीको मैदानमा आजका खेल नेपाली समय अनुसार अपराह्न सवा चार बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved