जो आज बिहे गर्दै थिए, अघिल्लै दिन अमेरिकी ड्रोन हमलामा मारिए

  • भदौ १४, २०७८
  • ४४३ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी ।  अफगानिस्तानको काबुलमा आइतबार आतंककारीले कार बम  आक्रमण गर्न खोजेको भन्दै त्यसलाई विफल पार्न अमेरिकाले ड्रोन हमला गर्यो। 

 अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार १७० जनाको ज्यान जानेगरी गत बिहीबार साँझ काबुलको विमानस्थलनजिक गरिएको बम हमलाजस्तै आइतबार पनि गर्न खोजिएपछि त्यो रोक्न आफूले ड्रोन हमला गरेको अमेरिकाले दाबी गरेको छ।

तर त्यस आक्रमणमा अमेरिकी सेनाकै सहयोगीसमेत ९ जना सर्वसाधारण अफगान नागरिक मारिएका छन्। ६ जना बालबालिका छन्। आतंककारी कति जना मारिए वा मारिएनन्, त्योचाहिँ अहिलेसम्म सार्वजनिक हुन सकेको छैन। 

‘कार बम लिएर आत्मघाती आक्रमणकारी काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अगाडि बढ्दै गरेको’ देखेपछि अमेरिकाले गरेको ड्रोन हमलामा अमेरिकाकै लागि काम गर्ने अनुवादकर्ता जमरे अहमदी र पूर्वअफगान अधिकारी नसिर नजाबी पनि मारिएका छन्। जसमध्ये नजाबीको आज (सोमबार) विवाह हुँदै थियो। उनी अफगान सेनामा अधिकृत भइसकेका व्यक्ति थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved