चोर्न आएका व्यक्तिलाई कुटेर पठाइन् ८२ वर्षकी हजुरआमाले

  • मंसिर ११, २०७६
  • १३६ पटक पढिएको
  • न्यू पाटी
alt

अमेरिकी शहर न्युयोर्कमा एक ८२ वर्षीया हजुरआमाले चोरी गर्न आएका एक व्यक्तिलाई कुटेर पठाएकी छन्।

गत बिहीबार राति एक व्यक्ति विलि मर्फीको घरको ढोका फुटाएर पसेका थिए। मर्फी पूर्व महिला बडिबिल्डर हुन्। उनले विभिन्न प्रतियोगिता जितेकी थिइन्।

मर्फीले त्यसबेला निडर भएर टेबल भाँच्चिन्जेल ती व्यक्तिमाथि बजारेको सीएनएनलाई बताइन्। ती व्यक्ति भित्र पस्ना साथ आफूले टेबल, झाडु, लगायतका भेटेजति सामाग्रीले ती व्यक्तिमाथि प्रहार गरेको उनको भनाइ छ।

ती व्यक्तिले आक्रमण गर्छन् भनेर उनले ती व्यक्तिको आँखामा स्याम्पु पनि लगाई दिएकी थिइन्। प्रहरी र एम्बुलेन्स आइपुग्दासम्म ती व्यक्ति घाइते भएर भुँइमा लडेका थिए।खासमा ती व्यक्तिले ढोका बाहिरैबाट मर्फीलाई आफूलाई एम्बुलेन्स चाहिएकाले ढोका खोल्न भनेका थिए।

तर मर्फीले ढोका नखोली प्रहरी र एम्बुलेन्स खबर गरिन्। आफूले भनेको नमानेपछि ती व्यक्ति ढाको फुटाएर घरमा प्रवेश गरेका थिए।

मर्फीका अनुसार ती व्यक्ति घरमा चोर्न आएका थिए। उनी भन्छिन्,‘ती व्यक्तिले एम्बुलेन्स बोलाउन भनेका थिए। अन्ततः एम्बुलेन्समै गए।’ सीएनएन

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved