भारतमा संक्रमितको उपचारमा खटेका ५० डाक्टरको एकैदिन कोरोनाकै कारण मृत्यु

  • जेठ ५, २०७८
  • ५२१ पटक पढिएको
  • न्यू पाटी
alt

भारतमा गत आइतबार एकैदिन कोरोना भाइरसका कारण ५० डाक्टरको मृत्यु भएको छ।कोरोना भाइरसबाट संक्रमित बनेका मानिसहरुको उपचारमा खटेका डाक्टरहरुको मृत्यु भएको एनडीटीभीले जनाएको छ।

इन्डियन मेडिकल एसोसियसनका अनुसार आइतबार ५० डाक्टरको मृत्यु भएसँगै हाल भारतमा झन्डै एक हजार डाक्टरको कोरोना कहरका क्रममा मृत्यु भएको छ।गतवर्ष ७३६ डाक्टरहरुको मृत्यु भएको थियोभने दोस्रो लहरका क्रममा यसपटक २४४ डाक्टरको ज्यान गइसकेको हो।

यसैबीच भारतमा कोरोनाको प्रभाव घट्दै गएको देखिएको छ। सोमबारदेखि भारतमा संक्रमितको मामिला ३ लाख मुनी पुगेको छ। २५ दिनपछि संक्रमित दरमा कमी आएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।मंगलबार पनि भारतमा २ लाख ६३ हजार ५३३ कोरोना संक्रमित बने।

सोही अवधिमा त्यहाँ ४ लाख २२ हजार ४३६ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अर्थात् भारतमा संक्रमित हुनेभन्दा दोब्बरले कोरोनामुक्त भइरहेका छन्।यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५२ लाख २८ हजार पुगेको छ। कोरोनाका कारण त्यहाँ २ लाख ७८ हजारको मृत्यु भइसकेको छ।

अहिले ३३ लाख ५३ हजार सक्रिय संक्रमित रहेको भारतमा हालसम्म २ करोड १५ लाख ९६ हजार कोरोनामुक्त भएका छन्।कोरोनाविरुद्धको खोप अभियान जारी रहेको भारतमा १८ करोड ४४ लाख ५३ हजार मानिसले खोप लगाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved