इजरेल–प्यालेस्टाइन हानाहान जारी, नेतान्याहुले दिए यस्तो चेतावनी

  • जेठ १, २०७८
  • ४८४ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी । इजरेली सेना र प्यालेस्टाइनी विद्रोहीबीच लगातार ५ दिनदेखि गोलाबारी जारी छ।बीबीसीका अनुसार इजरेलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ भने प्यालेस्टाइनी चरमपन्थीले पनि इजरेलमा क्षेप्यास्त्र प्रहारी जारी राखेको छ।

यसैबीच इजरेली प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले प्यालेस्टानी विद्रोही हमासविरुद्ध हालैका वर्षमा सबैभन्दा ठूलो कारबाही भइरहेको र यो चाँडै अन्त्य नहुने चेतावनी दिएका छन्।

शुक्रबार साँझ तेल अभिभ सहरको सुरक्षा सम्बन्धमा आयोजित बैठकपछि उनले भने, ‘हाम्रो राजधानीमा हमला गरिएको छ र हाम्रा सहरमा क्षेप्यास्त्र हानिएको छ। उसले यसको महँगो मूल्य चुकाउनुपर्नेछ र ठूलो क्षति बेहोरिरेको पनि छ।’

यसअघि नेतान्याहुले भनेका थिए, ‘इजरेली सेना गाजा क्षेत्रमा त्यतिबेलासम्म रहनेछन्, जतिबेलासम्म त्यहाँ सैन्य कारबाही आवश्यक हुन्छ।’

उता हमासका सैन्य प्रवक्ताले चेतावनी दिएका छन्, ‘इजरेली सेनाले स्थलगत कारबाही गर्ने निर्णय गर्‍यो भने हामी त्यसको कडा जवाफ दिन तयार छौं।’ 

प्यालेस्टाइनी विद्रोही र इजरेली सेनाबीच गत सोमबारदेखि गोलाबारी भइरहेको हो। जसमा परी अहिलेसम्म गाजामा सयभन्दा बढी र इजरेलमा ७ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved