जर्मनीमा अन्तर्राष्ट्रिय नेपाली समाज राष्ट्रिय कार्यसमिति गठन

  • बैशाख २४, २०७८
  • ८५१ पटक पढिएको
  • न्यू पाटी
alt

जर्मनी : देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासको काम गर्ने उदेश्यका साथ अन्तर्राष्ट्रिय नेपाली समाजले बुधबार एक भर्चुअल कार्यक्रम गरेको छ। राधा गौतमको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा विगत ८ बर्षदेखि जर्मनीलाई आफ्नो कर्मथलो बनाउदै बस्दै आएका सुमन बस्नेतको नेतृत्वमा जर्मनीको राष्ट्रिय कार्यसमिति गठन भएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा बिनोद ढकाल र उपाध्यक्षहरुमा मुना कार्की र राधा गौतम चयन भएका छन । त्यसैगरी महासचिवमा विकाश सूबेदी, सचिवहरुमा प्रदीप परियार, अमृत लामिछाने चयन भएका छन । समितिको कोषाध्यक्षमा पशुपति तामाङ , सह(कोषाध्यक्षमा टीकाराम बस्याल चयन भएका छन भने सदस्यहरुमा क्रमश कृष्ण क्षेत्री, कपिल कार्की, मुन कुमारी गुरुङ, यादव क्षेत्री, रीना बुढ़ाथोकी , कमल अधिकारी, मुना पौड़ेल, उज्वल भण्डारी, कृष्ण ओली,सुबास पौड़ेल र सन्जु तामाङ रहेका छन । त्यसैगरी नवगठित कार्यसमितिले मोहन बहादुर कार्की, हूमनाथ ढकाल र भरत चलाउनेलाई सल्लाहकारको रुपमा चयन गरिएको छ ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेका अनुसार, समाजका उदेश्य तथा औचित्य बारे प्रस्ट्याउदै सबैसँग सहकार्य गर्दै संसारभरका नेपालीको हित र विकासमा काम गर्न संस्थाको स्थापना गरिएको बताउनु भएको थियो । त्यसैगरी अन्तराष्ट्रिय नेपाली समाजकी महिला समिति अध्यक्ष डा. रेणुका सोलुले नेपाल र नेपालीको हित र विकासको लागि जो जहाँ छौं त्यहिँबाट योगदान गरौं भन्दै समाजले सहि बाटो समातेर अघि बढेकोमा खुसी समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि कबि तथा राष्ट्रीय गीतका रचनाकार ब्याकुल माईला (प्रदीप कुमार राई) ज्युले शुभकामना मन्तव्य राख्दै हरेक क्षेत्रमा नेतृत्व आफैं रोल मोडलु भएर उत्रिदामात्र अपेक्षित नजिता हासिल हुने कुरामा जोड दिदै नवगठित समाजका हरेक युवाहरु नेपाली समाजको हित र विकासमा खरोरुपमा उत्रिनेमा आफु विस्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष हरि न्यौपाने ज्युले अन्तराष्ट्रिय नेपाली समाजले संसारभरीका नेपालीलाई जोड्ने उदेश्यका साथ अभियान संचालन गरेकोमा खुसि व्यक्त गर्दै सफलताको शुभकामना व्यक्तगर्दं आफ्नो छेत्रबाट पूर्ण साथ दिने बाँचा गर्नु भयो । कार्यक्रममा विभिन्न देश तथा पेसामा जोडिएर रहनु भएका, प्रा.डा. टंकनाथ शर्मा (पूर्व डिन काठमाण्डौ विश्वविद्यालय ), करुणा तुलाधार राई(संयोजक, गैरआवसीय नेपाली महिला फोरम ,जर्मनी) डा. नारायण गैरे ,डा. पुष्पा शर्मा घिमीर ,बिक्रम श्री ,गोवध्दन पूजा ,डा।भुपाल पाण्डे लगायत अन्य विशिष्ट व्यक्तिहरुले शुभकामना मन्तव्य राख्दै संसारभरबाट नेपाली युवाहरु जोडिएर नेपाल र नेपालीको हित र विकासमा काम गर्न आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।


नवगठित समितिका अध्यक्ष सुमन बस्नेत , उपाध्यक्षद्वय मुना कार्की र राधा गौतमले पदभार ग्रहण पश्तात बोल्दै पुर्ण सेवाभावका साथ सामाजिक संस्थाको मुल्य र मान्यतालाई ख्याल राख्दै नेपाल र नेपालीको हित र विकासमा निरन्तर लागि पर्ने प्रतिबद्दता जाहिर गरेका थिए ।साथै स्पष्टता,ईमानदारिता,नैतिकता,पारदर्शिकता,गैर राजनिकता ,जस्ता विषयमा पूर्ण रूपले जोडदिदै संस्थाका सम्पुर्ण सदस्यहरूले यि कुराहरुको आत्मसाथ गर्न अध्यक्ष सुमन बस्नेतले अनुरोध गर्नुभयो।

समाजका महासचिव अर्जुन श्रीले संचालन गरेको कार्यक्रममा केही व्यक्तित्वले आफ्नो रचना वाचन गर्नु भएको थियो भने जर्मनी, नेपाल, पोर्चुगल, मलेसिया, अष्ट्रिया, इजरायललगायत बिभिन्न देशबाट बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved