विद्रोही समूहको आक्रमणपछि नाइजेरियामा ६५ हजार मानिस विस्थापित

  • बैशाख ४, २०७८
  • ३०८ पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी । विद्रोही जिहादी समूहको लगातारको आक्रमणका कारण नाइजेरियामा ६५ हजार मानिस विस्थापित भएका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने दमासाकबाट उनीहरु विस्थापित भएका संयुक्त राष्ट्रसंघीय निकायका अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वघोषित इस्लामिक स्टेटका लडाकूहरूले यही हप्ता मात्रै बोर्नो राज्यमा तीन पटक आक्रमण गरेका थिए । उनीहरूले सुरक्षाकर्मीलाई आक्रमण गर्ने, घर तथा राष्ट्रसंघीय कार्यालयहरूमा आगजनी गर्ने गरेका छन्। यस क्रममा कम्तीमा १२ जनाको हत्या भएको छ।

 नाइजेरियामा सबैभन्दा पछिल्लो हिंसात्मक घटना गत बुधबार भएको थियो । उक्त घटनामा उनीहरूले सुरक्षाकर्मीमाथि व्यापक आक्रमण गरेका थिए । ‘सबैभन्दा पछिल्लो आक्रमणको घटना यही अप्रिल १४ तारिखका दिन भएको थियो, यो घटना पछिल्लो सात दिन भित्र भएको तेस्रो घटना थियो,’ संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयका प्रवक्ता बाबार बालोचले भने।

उनले गाउँका झण्डै ८० प्रतिशत मानिस आन्तरिक रूपमा विस्थापित भएको पत्रकारहरूलाई जानकारी दिए। बस्दै आएको ठाउँमा बस्न नसकेर विस्थापित भएकाहरू क्षेत्रीय राजधानी मैदुगुरी र त्यस वरपरका अन्य ठाउँमा गएका छन्।

नाइजेरियाको वोर्नो प्रदेशमा मानिसहरुलाई असुरक्षासँगै धेरै चुनौतीहरू बढ्दै गएपछि उनीहरु विस्थापित हुन बाध्य भएका हुन्। आक्रमणकारीहरूका कारण धेरै मानिसले अस्थायी रुपमा विस्थापित हुनुको विकल्प नरहेको अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved