इटहरी । क्रियाशील पत्रकार महिला सुनसरीको आयोजनामा आइतबार धरानमा एक दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । कोरोना भाईरस (कोभिड १९ ) ले पर्यटन क्षेत्रममा पारेको असरबारे सुनसरीमा रहेका क्रियाशील महिलाहरुलाई जानकारी गराउँदै क्षमता अभिवृद्धिबारे तालिम प्रदान गरिएका हो ।
नेपालमा पर्यटन वर्ष २०२० मनाउने पूर्ण तयारी भएकै समयमा कोरोना भाईरसको कहरले विश्व अर्थतन्त्र धरायसी बन्दा अबका १० बर्ष पर्यटन व्यवसाय उठ्न नसक्ने गरि थला परेको सहजकर्ता भवानी बरालको भनाई थियो । उहाँका अनुसार आर्थिक पाटो सँगै मानिसको सोच्ने क्षमता र डरले पर्यटन व्यवसाय थलिने दावी गर्नु भएको छ । उहाँका अनुसार नेपालमा तीन प्रकारका पर्यटक भित्रने गर्दछन ‘हिमाल हेर्ने, जैविक विविधता अध्ययन गर्ने र मनोरञ्जन गर्नेहरू यि तीनै प्रकारका पर्यटकहरु नेपाल भित्रिने सम्भावना कम रहेको उहाको भनाई छ ।
धरायसी बन्दै गरेको देशको अर्थतन्त्रलाई मध्यनजर गर्दै अबका दिनमा सरकारले लक डाउनको बिकल्पसहित नयाँ योजनाका साथ आउनु पर्ने उहाँको भनाई थियो । बिगतलाई हेर्दा समय समयमा महामारी आएकै हो तर त्यससँगै बिकल्पहरु पनि आएका छन सोही अनुसार यो भाईरस सँग लड्न लकडाउन मात्र बिकल्प हुन सक्दैन सरकारले नयाँ योजना र कार्यबिधि ल्याउनै पर्ने हुन्छ ।
मनिता चाम्लिङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि प्रदेश १ की अध्यक्ष गंगा बराल, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले,धरान उपमहानगरपालिका वडा नं १२ कि महिला वडा सदस्य जुनु थापा , होटल व्यवसायी केपी पालुङ्वा लगायतको उपस्थिती रहेको थियो । सुनसरीका २० जना क्रियाशील पत्रकार महिलाहरुको सहभागीता कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved