कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द

  • फाल्गुन १६, २०७६
  • १७६ पटक पढिएको
  • रासस
alt

प्राणघातक ‘कोरोना’ संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै, ‘बीटीएस’ कन्सर्टसमेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ । कोरोना संक्रमण रोकिनुको साटोे एसियादेखि युरोप हुँदै शुक्रबार अफ्रिकी उप–सहारा क्षेत्रमा कोरोना संक्रमित व्यक्तिहरु देखिएका छन् ।

जापानमा प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरु बन्द हुँदा त्यसबाट झन्डै एक करोड ३० लाख बालबालिका घरमै बस्नुपर्नेछ । जापानमा आयोजना हुनेगरी पूर्वतयारी गरिएका खेलकुद र सांगीतिक कार्यक्रमहरु रद्द भइसकेका छन् ।

टोकियो डिज्नेल्यान्ड र टोकियो डिज्नेसी दुवै मार्चको मध्यसम्मका लागि बन्द गरिएको छ । गत डिसेम्बरबाट चीनको वुहान हुँदै फैलिएको ‘कोभिड–१९’ नामको नयाँ कोरोना जीवाणु (भाइरस) एसियाली मुलुकहरुका अलावा युरोप र अफ्रिकासम्म पुगेको छ ।

साउदी अरेबियाले मुस्लिम समुदायको पवित्र धार्मिक तीर्थस्थल मक्काको भ्रमणमा विदेशी नागरिकमाथि कडाइ गरेको छ र मध्यपूर्वमा १०० भन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । इटालीमा कोरोनाको संक्रमण बढेसँगै कतिपय गाउँ–सहरमा निर्वाध आवागमनमा प्रतिबन्ध लगाइएको छ ।

अफ्रिकी मुलुक नाइजेरियामा समेत शुक्रबार एक व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ । कोरोनाबाट संक्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ र यसबाट चीन सबैभन्दा बढी प्रताडित छ ।

तर, दक्षिण कोरियामा पनि कोरोना संक्रमितको संख्या दुई हजार नाघिसकेको छ । अरु केही मुलुकमा पनि संक्रमित व्यक्तिको संख्या बढ्नुका साथै मृत्यु हुने व्यक्तिहरुको संख्या निरन्तर बढेको छ । इरानमा २६ जनाको मृत्यु भएको छ भने २५० जनाभन्दा बढीमा कोरोना देखिएको छ । अमेरिकी रक ब्यान्ड ग्रीन डेले एसियाली मुलुकमा गर्ने सांगीतिक कार्यक्रम रद्द गरिसकेको भने जापानमा हुन लागेको अमेरिकी अर्केस्ट्रा कार्यक्रम पनि रद्द भएको छ ।

हङकङ र सांघाईमा रहेका डिज्ने पार्कहरु पनि बन्द गरिएका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेले मार्चको अन्त्यसम्म सबै विद्यालय बन्द गर्न आग्रह गरेका छन् । तर, प्रधानमन्त्रीको आदेशअघि नै केही विद्यालयहरु बन्द भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved