काठमाडौं । टर्कीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ । एलाजिग प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएराति गएको भूकम्पका कारण कम्तीमा २० जनाको ज्यान गएको र सैयौँको सङ्ख्यामा मानिसहरू घाइते भएको बीबीसीले जनाएको छ ।
अहिले उद्धारको काम भइरहेको छ । रिक्टर स्केलमा ६.८ म्याग्निट्यूड नापिएको उक्त भूकम्पका कारण भवनहरू भत्किएका छन्। भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ। स्थानीय समय अनुसार ८ बजेर ५५ मिनेटमा भूकम्प महसुस गरिएको बताइएको छ।
भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएको टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायले जनाएको छ । भूकम्पका कारण प्रभावित भएकाहरुलाई राहत र उद्धारका लागि ४०० टोली परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved