तीन दिन सम्म लगातार विष दिएर श्रीमानको हत्या

  • माघ ४, २०७६
  • २१८ पटक पढिएको
  • एजेन्सी
alt

अमेरिकाको दक्षिण क्यारोलिना शहरमा एक महिलाले आफ्नो श्रीमानलाई विष दिएर हत्या गरेकी छिन् । उनले श्रीमानलाई आँखामा हाल्ने औषधि पानीमा हालेर तीन दिनसम्म पिउन दिएपछि उनको श्रीमानको मृत्यु भएको हो । समाचारका अनुसार ५३ वर्षीया लाना स्यू क्लेटनले बिहिबार आफूले पानीमा विष मिलाएर श्रीमानको हत्या गरेको स्वीकार गरेकी छिन् । जासुसका अनुसार लाना क्लेटनले आफ्नो श्रीमान स्टीवन क्लेटनलाई भिजाइन (आँखामा हाल्ने औषधि) मिलाएर पानी पिलाउने गरेको स्वीकार गरिन् ।

उनले २०१८ को जुलाईमा तीन दिनसम्म उक्त औषधि मिसाएर पानी पिलाएको र उनको मृत्यु भएको स्वीकार गरिन् । लानाले उनका श्रीमानले उनलाई अपशब्द बोल्ने गरेको र आफ्नो श्रीमानको हत्या गर्न नचाहेको पनि उनले बताएकी छिन् । अदालतमा लानाका वकिलले लाना सानै उमेरमै ग्राहकबाट उनी बलात्कृत भएकी थिइन् । त्यसपछि फेरि सैन्य अड्डामा पनि उनको बलात्कार भएपछि उनको मानसिक अवस्था ठीक नभएको र उनले अगस्ट २०१८ मा आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved